स्थानीय

    Showing ४,०६१-४,०७० of ५,३६० items.
  • श्रमदानबाट बाढीको क्षति न्यूनिकरणको प्रयास

    धरान । बाढीको उच्च जोखिमलाई मध्यनगर गरी धरान उपमहानगरपालिका वडा नं. १४ को अगुवाई स्थानीयको सक्रियतामा खोलामा तट्बन्धन कार्य शुरु गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान गर्दै आएका वडाबासीले अब भने प्रत्येक शनिवार श्रमदान गर्ने भएका हुन् । धरान १४ लाई पर्यटककको रोजाइमा पार्नका लागि अब नियमित श्रमदान गर्ने जनाइएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा श्रम सँँस्कृतिको विकास गरेसँगै वडाहरुले पनि त्यसको अनुशरण गर्न थालेका छन् । केही समय अगाडि धरान ४ का स्थानीयहरुले धरान ४ र १४ को सीमामा रहेको सेती खोलामा श्रमदानबाट तटबन्दनको काम गरे लगत्तै ध

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ९६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धर्मिक क्षेत्रको पर्यटनका लागि कोरा राइड्स च्यालेन्ज

    धरान / प्रत्येक बर्ष आयोजना हुदै आएको कोरा राइड च्यालेन्ज यस बर्ष पनि भएको छ । धार्मिक मठमन्दिरसँगै पर्यटकीय स्थलको प्रचारप्रसारका लागि यो प्रत्येक बर्ष जुलाई १५ का दिन कोरा राइड च्यालेन्ज गर्दै आएको छ । तिब्बती भाषाबाट आएको कोरा शब्द धार्मिक स्थलको गर्ने अर्थ लाग्ने भएकोले पनि धार्मिक पर्यथकीय क्षेत्रमा यो च्यालेन्स आयोजना हुने गरेको छ । धरानमा शनिवार कोरा राइड च्यालेन्ज २०८०को आयोजना भएको छ । धरान १८ बौद्ध गुम्बाट शुरु भएको कोरा राइड्स च्यालेन्ज प्रतियोगिता जानकी चौक, विजयपुर नीराजन वस्ति, देवीगाउँ, निशाने डाँडा, सोमटार, साउने देउराली महादेव चोक, श्याम चौक, वरगाछी धनकुटे रोड हुँदै बिपी प्रत

    • प्रकाशित मितिः असार ३०, २०८०
    • ८०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा कलेजमा प्रवेश परीक्षा सम्पन्न

    धरान/ धरान-१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्नाका लागि शुक्रबार प्रवेश परीक्षा लिएको छ । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । परीक्षामा ४५० भन्दा बढी विद्यार्थी सम्मिलित भएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने भएकोले पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ मेघा हिमालयन नै हुने गरेको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ । शुक्रबारको प्रवेश परीक्षामा पनि प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी भएका

    • प्रकाशित मितिः असार २९, २०८०
    • १,३२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भानु जयन्ती: भानुको शालिकमा माल्यार्पण

    धरान / आदिकबी भानुभक्त आचार्यको जन्म जयन्तीमा धरानको भानुचौकमा रहेको भानुभक्तको शालिकमा माल्यर्पण गरिएको छ । नेपाली लेखक सङ्घले २१० औ भानु जयन्तीको अवसरमा धरानका लेखक, कवि साहित्यकारहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाएका हुन् । कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाको पनि उपस्थिति रहेको थियो । उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् । भानुचौकमा भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपालप्रसाद भण्डारी, मोती संस्मरण समितिका अध्य

    • प्रकाशित मितिः असार २९, २०८०
    • ९८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘गुणस्तरिय शिक्षाको आकर्षण बन्दै मेघा हिमालयन कलेज’

    धरान । प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेज गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी सहभागि गराउने विद्यालयको रुपमा परिचित छ ।   स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद

    • प्रकाशित मितिः असार २८, २०८०
    • २,०९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा डेंगुका विरामी बढ्दै सर्च एण्ड डिस्ट्रोयलाई निरन्तता दिँदै

    धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सच एण्ड डिस्ट्र

    • प्रकाशित मितिः असार २८, २०८०
    • १,२८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँघुरो सडकमा ह्याब्बी ट्रक छिर्दा समस्या

    धरान / धरान १ सिद्धिचरण मार्गका स्थानीयहरु मलवाहक ट्रकका कारण हैरानी व्यहोर्नु परेको छ । मालवाहक ट्रक जुनसुकै समयमा छिरेर अनलोड गर्ने गर्दा सडक जाम हुनेदेखि लिएर विजुलीको तार, टेलिफोनको तार, नेटको तार चुडाइदिने लगायतका समस्या भोग्दै आएपछि स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन् खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्कुल, कलेज, आवासक्षेत्र रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्नेमात्र हैन विजुली, टेलिफेन र केवलका तारह चुडाइदिँदा हैरानी व्यहोर्ने गरेका छन् । यो सडक १८ फुटको रहेको छ । एउटा ह्याब्बी ट्रक छिर्ने वित्तिकै सडक

    • प्रकाशित मितिः असार २७, २०८०
    • १,०८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बौद्धिक अपांगताका अभिभावकहरु भए एकजुट

    विजयपुर / सुनसरीमा रहेको बौद्धिक अपांगता भएका बालबालिकाहरुको अभिभावक भेलाले ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बौद्धिक अपांगताका अभिभावक संघ नेपालका अध्यक्ष राजु बस्नेतको समन्वयमा गत सोमबार धरानमा आयोजित कार्यक्रमबाट सन्तना श्रेष्ठ शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिती बनेको हो । समितीको उपाध्यक्षमा सम्भु कटुवाल, सचिव अस्मित सुवेदी, कोषाध्यक्ष दिपा भट्टराई रहेका छन् । त्यसै गरि सदस्यहरुमा बिनादेबि चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोष कुमार सुवेदी चयनभएका छन। सह –सचिव र एक सदस्य पछि मनोनयन गरिने भएको छ। बौद्धिक रुपमा कमजोर र फरक क्षमता भएको बालबालिकाहरुलाई स

    • प्रकाशित मितिः असार २६, २०८०
    • ९४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने

    धरान । धरानका विभिन्न सामाजिक कार्यको सहयोगार्थ धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कोरा धरान २०२३ कमिटीको आयोजनामा धरान आसपासका क्षेत्रहरुमा ३८ किलोमिटर साइक्लिङ हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विगत ६ वर्ष देखि कोरा साइक्लिङ च्यालेन्ज गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कोरा धरानले यस वर्षको मुल नारा ज्येष्ठ नागरिकका लागि साईकल यात्रा रहेको छ । जुलाई १५ शनिबार मनाइने साइकल डे को अवसरमा धरानमा हुने कोरा साइक्लिङ च्यालेन्जमा बिराटचौंक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं लगायतबाट करिब २ सय जना साइक्लिस्टहरुको उपस्थिती रहने कार्यक्रम संयोजक विनयलाल श

    • प्रकाशित मितिः असार २६, २०८०
    • १,११६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलाडीलाई सहयोग गर्न अक्षय कोष स्थापना

    धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपम अक्षयकोष स्थापना गरिदिएका छन् । धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरेले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिएका हुन् । अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गरेका हुन् । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताए । धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष, को

    • प्रकाशित मितिः असार २६, २०८०
    • १,०५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved