स्थानीय

    Showing 3,801-3,810 of 5,057 items.
  • मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्दै

    धरान / धरान उपमहानगरपालिका वडा नं. १६ मा रहेको कृषि विकास बैंकको भवनमा भाडा सञ्चालन हुदै आएको मालपोत कार्यालय धरान ६ पानबारीको आफ्नै भवनबाट सञ्चालनमा आएको छ । दुई बर्ष अगाडि नै भवन निर्माण भइसक्दा पनि राजनीतिक दलका केही नेताहरुले जग्गा प्राप्ति तथा भवन निर्माणमा कार्यालय प्रमुखले भ्रष्टाचार भएको भन्दै नसार्न दबाब दिइरहेको अवस्थामा बुधबारबाट मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गरेको हो । आफ्नै भवनबाट सेवा प्रदान गर्दा कार्यालयकोे करोडौ भाडावापतको रकम जोगिएको छ । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यसबेला धरा

    • प्रकाशित मितिः असार १४, २०८०
    • 2,594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला स्वरोजगार वृद्धि गर्न वरमाला बनाउने तालिम

    धरान /देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले बताउनुभयो । सिद्धि नेवाः परिषद्को आयोजनामा २०८० असार १० सोमबार देखि ७ दिने वरमाला बनाउने, नरिवल सुपारी सजाउने तालिमको अनुगमनको क्रममा प्रदेशसभा सदस्य कायस्थले देशको आर्थिक वृद्धिका लागि महिलाहरु उद्यमी हुन आवस्यक रहेको बताउनु भयो । धरान ७ स्थित सिद्धि नेवाः परिषदमा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका थिए । धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,039 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरघरमा तुलसीको बिरूवा सारिँदै, विशेष पूजा आराधना

    सुनसरी/ हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि  देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।  सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। यस वर्ष भने  २६ एकादशी परेका छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकाद

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,168 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको दलित महिला संजालमा सुनिता सुन्चौरी

    धरान / धरानमा रहेको विभिन्न संघसंस्थाका दलित महिलाहरुको प्रतिनिधित्व रहने गरि गठन भएको दलित महिला संजालको अध्यक्षमा पुनः सुनिता सुन्चौरी चयन भएकी छिन् । वुधबार दलित महिला संजालको पुनर्गठन तथा कानुनी अभिमुखिकरण कार्यक्रममा सुन्चौरीको अध्यक्षतामा गठन गरिएको हो । संजालको उपाध्यक्षमा पवित्रा सिवा,सचिव चन्द्रकला वराईली र कोषाध्यक्षमा यशोदा घिमिरेलाई चयन गरिएको छ । ४० जनाको कार्यसमितिमा २० वटाको दलित महिला जनप्रतिनिधि पदेन सदस्य रहनेछन् भने विभिन्न संघसंस्थामा आबद्ध दलित महिलाहरुको प्रतिनिधि हुनेछन् । संजालको पहिलो बैठकले २० वटै वडाको प्रतिनिधिहरु थप गरि समितीलाई पुर्णता दिने अध्यक्ष सुन्चौ

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,006 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेश सरकार र पहिचानबादी बिच वार्ता स्थगित

    सुनसरी / कोशी नामकरण खारेजीको  पुनः नामकरण संघर्ष समिति पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता स्थगन भएको छ एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो । संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति मार्फत प्रदेश सरकारले वार्ताको वातावरण अन्यौलपूर्ण बनाएको आरोप लगाई वार्ता  स्थगित गरेको हो । सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ ।  वार्ताको नाममा कोशी सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती

    • प्रकाशित मितिः असार १३, २०८०
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    धरान/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा नेपाल सरकारले एक दिन बिदा दिने निर्णय गरेको छ । बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले आज सूचना जारी गरेको छ । यो मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ। बकर इदको दिन देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भीड लाग्ने गर्दछ । एक अर्कामा शुभकामना दिदै नयाँ लुगा खरिद गर्ने, मीठो परिकारहरु बनाएर खुवाउने चलन रहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • 884 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मस्तिष्क जागरुकता सप्ताह सम्पन्न

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ हुमन एनाटोमीद्वारा, रोटर्याक्ट क्लब अफ धरान घोपा र इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसनको सहकार्यमा आयोजित मस्तिष्क जागरूकता सप्ताह सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य विद्यार्थी र सर्वसाधारणमा मस्तिष्क स्वास्थ्य र शिक्षाको बारेमा जनचेतना मुलक कार्यक्रम गरेको थियो । डाना फाउन्डेसनको सहयोग र सहकार्यमा संचालन भएको सप्ताहब्यापी कार्यक्रमको शुरूवातमा सरस्वती बाल आश्रममा सचेतना कार्यक्रम गरिएको थियो । विद्यार्थीहरूलाई मानव मस्तिष्कको सामान्य शरीर संरचना र फिजियोलोजी बारे सिकाइएको थियो। विद्यार्थीहरुलाई आफ्नो

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,089 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सैनिक महाविद्यालयमा पत्रकारितासम्बन्धी कार्यशाला

    धरान/   सैनिक आवासीय महाविद्यालयमा एकदिने आधारभूत पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ । महाविद्यालयको नेपाली विभागले संयोजन गरेको सो कार्यशालामा सैनिक महाविद्यालयमा कक्षा १० अध्ययनरत् डेढ सयभन्दा बढी विद्यार्थी सहभागी थिए । कार्यशालामा विद्यार्थीहरूलाई कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश भएका समाचार लेखन, घटना टिपोट र रिपोर्टिङ, सम्पादकीय, सम्पादकलाई चिट्ठी तथा प्रतिवेदन लेखनजस्ता विषयमा आधारभूत जानकारी दिइएको थियो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्रका सम्पादक राजेश विद्रोहीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । उनले त्यस क्रममा विद्यार्थीह

    • प्रकाशित मितिः असार १२, २०८०
    • 1,648 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिस्टुनद्वारा कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित

    काठमाडौं /  अठार बुँदे माग सहित आन्दोलनमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका परिक्षण स्थगित गरेको छ । हिस्टुनले मंगलबार (आज) देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको बताए । सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि ९ कक्षा ११ र १२० तहमा अध्यापनरत शिक्षकहरुको समस्या समा

    • प्रकाशित मितिः असार १२, २०८०
    • 774 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्यवसायीलाई एकदिने करदाता शिक्षा

    धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ। वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो । नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो । राजस्व कार्यलयले पछिल्लो समय कुनै

    • प्रकाशित मितिः असार १२, २०८०
    • 793 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved