धरान/ कोशी प्रदेशको धरान उपमहानरपालिकाको शीरमा रहेको बुढासुब्बा मन्दिर नेपालकै प्रख्यात मन्दिरको रुपमा परिचित बन्दै गएको छ ।
नेपाल अन्य कुनै ठाउँमा रहेको बुढासुब्बा मन्दिरको ऐतिहासिक तथा पुरातात्विक महत्व चुलिदै गएको कारण कोशी प्रदेशका विभिन्न भागबाट शैक्षिक भ्रमणका लागि आउनेको रोजाइमा पर्ने गरेको छ ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बुढासुब्बा मन्दिर दर्शन गर्न आउने तथा भ्रमणमा आउनेहरुको आकर्षकको केन्द्र विन्दु बनेको छ । नेपालमै धरानको विजयपुरमा मात्र रहेको यो मन्दिरको चर्चा परिचर्चा चुलिएकै कारण दर्शन गर्ने भन्दा पनि विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा आउनेको संख्या बढ्दै गएको छ ।
यो मन्दिरमा शैक्षिक भ्रमणका लागि स्याङ्जा, धादिङ, पाल्पा, पोखरा लगाएका ठाउका विद्यार्थीहरु आउने गरेका छन् ।
यो मन्दिरमा आउनेहरु सबै धर्म, जातजातिका हुने् गरेका छन् । धादिङको एक विद्यालयकी शिक्षिका एलिसा तामाङ क्रिश्चियन धर्ममा आस्था राख्छिन् ।
तामाङले सबै धर्म सँस्कृति सबैको साझा सम्पत्ति भएकोले शैक्षिक भ्रमणका क्रममा पूर्वका विभिन्न स्थानमा भ्रमण गरेपनि बुढासुब्बा मन्दिर दर्शन तथा अवलोकनका लागि आएको बताइन् ।
धार्मिक आस्थाले भरिएको ठाउँ विजयपुरको बुढासुब्बा मन्दिरको विषयमा विद्यार्थीले किताबी ज्ञानमात्र लिएकोले बुढासुब्बा मन्दिरको वास्ताविकता बुझाउन र बुझ्नकै लागि भएपनि यहाँ आएको उनी बताउँछिन् ।
एलिसाजस्तै अर्की शिक्षक लालकुमारी तामाङको भनाई उस्तै छ । बुढासुब्बाको प्रचार प्रसार सँगै सञ्चारमाध्यममा मात्र थाहा भएको बुढासुब्बा मन्दिरलाई नजिकबाट नियाल्नकै लागि यहाँ आएको उनी बताउँछिन् ।
नेपालमा एकमात्र रहेको बुढासुब्बा मन्दिरको विषयमा जानकारी गराउन र पूर्वको भ्रमणका क्रममा आफूले सुनेको धरानको विषयमा बुझ्न शैक्षिक भ्रमणका क्रममा बुढासुब्बा मन्दिर आउने गरेको शैक्षिक भ्रमणमा आएकाहरुले धादिङकै एक विद्यालयका शिक्षक अर्जुनबहादुर तामाङ बताछन् ।
यहाँका रहेको टुप्पो विनाको बासले समेत धार्मिक आस्थामा राख्नेहरुको चासोको विषय बन्ने गरेको छ ।
बुढासुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले सिकार खेल्ने क्रममा एकदिन भूलवश उनीहरूले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लागेको र त्यस दिनदेखि बाँसको टुप्पो नबढेको किवंदन्ती छ ।
यसै कारणले विजयपुरमा कहिल्यै काग नआएको भनाई समेत रहेको छ । बासमा मटेंग्राले लागेपनि बुढासुब्बाले सिकार खेल्न छोडेको र आफ्नो गुलेलीलाई माटोमा पुरिदिएकोले यहाँको बास टुप्पो बिनाको उम्रिएको किवंदन्ती छ ।
ऐतिहासिकताको विषयमा सर्वसाधारणलाई चासो बढेकै कारण विद्यार्थीहरु समेत उत्सुकताका साथ आउने गरेको बताउँछन् ।
मन्दिर आउने प्रेमी प्रेमिकाले विगतमा मन्दिर आसपासमा भएका बाँसमा नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किवंदन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे ।
तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । मन्दिरलाई नजिकबाट नियाल्न र बुढासुब्बा मन्दिरको वास्तविकता बुझ्नकै लागि पूर्वको भ्र्रमणका क्रममा विजयपुरमा रहेको बुढासुब्बामा आएको श्री रामतुलसी नमूना विद्यालयका शिक्षक गुणराज ढकाल बताउँछन् ।
पश्चिमबाट अहिले दैनिक २० देखि २० वटा विद्यालयका बस रिजर्व गरेरै बुढासुब्बा मन्दिरमा भ्रमणका लागि आउने गरेका छन् । यसले बुढासुब्बाको प्रचारप्रसारसँगै सुस्त भएको पर्यटन व्यवसायीलाई समेत चलायमान बनाउन सहज बनाएको छ ।