बंगलादेशको वाणिज्य टोली धरानमा

  • मंसिर २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बंगलादेशका ठुला आयात, निर्यात व्यवसायीहरूको टोली धरानमा उपभोग्य वस्तुको निकासी, पैठारी व्यापारिक सम्भावना खोज्दै अवलोकन भ्रमणमा आएका छन् ।

बंगलादेश नेपाल च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एनबी थापाको नेतृत्वमा बेसार, दूध पाउडर र कृषिजन्य बस्तुको निकासी, पैठारीको सम्भावना खोज्दै अध्ययन अवलोकन भ्रमणमा धरान आइपुगेको हो । टोलीमा बंगलादेशका ५ ठुला आयातकर्ताको सहभागिता छ ।

टोलीलाई गत शुक्रवार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ सहित पदाधिकारीले धरानमा स्वागत गरेका छन् । नेपालको पूर्वी क्षेत्रमा उत्पादनमा हुने बेसार र दूध पाउडरको निर्यातको सम्भावनामा भ्रमण टोलीको ध्यान केन्द्रित रहेको छ ।

टोलीमा ठुला आयातकर्ता बंगलादेश नेपाल च्याबर अफ कमर्सका उपाध्यक्ष थापा सहित बोर्ड डाइरेक्टर खैरुल बसर, मार्क मेडिकल कलेज हस्पिटल एण्ड डेण्टल युनिट प्रशासनिक डाइरेक्टर मोहम्मद हारुन युआर रसिद, स्काई ट्रेड ईन्टरनेशनलका म्यानेजिङ पार्टनर जाहिद अहमद सहित ५ जना छन् ।

टोलीले धरानमा निकासी, पैठारी व्यापारका सम्भावना बारे जानकारी लिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।

उनका अनुसार कृषिजन्य वस्तुको पैठारीको सम्भावना खोज्न आएका बंगलादेशी टोलीलाई स्वागत सम्मान कार्यक्रममा धरानबाट बंगलादेश धरान आसपास क्षेत्रमा उत्पादन हुने बेसार, अदुवा, एभोकाडो, रुद्राक्ष लगायतका बारेमा जानकारी दिइएको छ ।

बगलादेशबाट नेपालमा आयात गरिने बस्तुहरू इलेकट्रोनिक्स सामान, ढाकाका लुगा कपडा र सिफुड जन्य बस्तु पूर्वी क्षेत्रका बजारका लागि धरान केन्द्र बन्ने बारेमा छलफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने ‘अब छिटै धरानको टोली बङ्गलादेश जाने र व्यापार आयात तथा निर्यात कसरी गर्न सकिन्छ भन्ने बारेमा बृहत् छलफल गर्नेछ ।’ नेपाल–बंगलादेश निकासी, पैठारी व्यापार सम्झौता गरिने अध्यक्ष श्रेष्ठले बताए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved