धरान/ यहाँस्थित विजयपुर हस्पिटल प्रालि एवम् विजयपुर ग्रुपका अध्यक्ष डा. पंकज खतिवडा यसै महिना भारतमा सम्मानित भएका छन् ।
अफिनका केन्द्रीय सचिवसमेत रहेका डा खतिवडा भारतको तामिलनाडुमा यही मङ्सिर १७ गते सम्मानित भएका हुन् ।
उनलाई ‘एसियाज बिजनेस लिडर अफ द इयर–२०२३’ पदकबाट सम्मान गरिएको विजयपुर हस्पिटलका प्रबन्धक इन्दु योञ्जनले जनाए ।
एसिया महादेशस्तरीय विशेष समारोहमा उनलाई सो पदक प्रदा नगरिएको हो । यसअघि सन् २०२१ मा पनि उनले ‘आइकोनिक चेयरम्यान अफ द इयर’ पदक प्राप्त गरेका थिए ।
