धरान/ धरान–१६ स्थित यु एन कलेजमा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि काेशी प्रदेशमा प्रथम, द्वितीय र तृतीय भएका छन् । त्रिभुवन विश्वविद्यालयले बिहीबार (हिजो) प्रकाशित गरेको होटल म्यानेजमेन्ट स्नातक दोस्रो सेमेस्टरको परीक्षामा यु एन कलेजका विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्दै प्रदेश टप बन्न सफल भएका छन्। विद्यार्थी कुसुम राई (३.८६), रिश्ता तुम्बापो (३.७९) र युन्छो हाङ लिम्बु (३.७८) क्रमशः प्रदेश प्रथम, द्वितीय र तृतीय भएका हुन्। एउटै कलेजबाट शीर्ष तीन स्थान हासिल गरेर यु एन कलेजले लगातार तेस्रो पटक ऐतिहासिक शैक्षिक
ताप्लेजुङ/ ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार)देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् । घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।
धरान/ कोशी प्रदेश प्रिमियर लिगको उपाधी गाईघाट फुटबल क्लबले जितेको छ। बिहीबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा पाँचथर युनाइटेड क्लबलाई ११–0 को फराकिलो अन्तरले पराजित गर्दै गाईघाटले लिग च्याम्पियन बन्न सफल भएको हो। उपाधिसँगै गाईघाट राष्ट्रिय लिग छनोट प्रतियोगिता अन्तरगत अन्तर प्रदेश लिगमा छनोट भएको छ। त्यस्तै, दोस्रो स्थान हासिल गरेको धनकुटाको देउराली युथ क्लब पनि अन्तर प्रदेश लिगका लागि छनोट भएको छ। कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन क्लबहरू सम्मिलित प्रतियोगितामा टोलीहरूलाई ४ समूहमा विभाजन गरी समुह चरण तथा फाइनल चरण खेलाइएको थियो। अन्ततः उदयपुरको गाईघाट फुटबल क्लबले ७ अं
विराटनगर/ कोशी प्रदेशमा सञ्चालित सञ्चार माध्ययमहरूको अध्ययन तथा आवश्यक सुधारका लागि नेकपा (एमाले) ले समिति गठन गरेको छ। उक्त समितिले प्रदेशका मिडिया हाउसहरूको दिगो विकास, सञ्चारकर्मीहरूको सुरक्षा र व्यावसायिकता प्रवर्द्धनका लागि आवश्यक सुझाव पेश गर्नेछ। बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, तथा सदस्यहरू मोहनकाजी न्यौपाने र सुमन पुरी रहेका छन्। कोशी प्रदेशमा हाल ५२९ पत्रपत्रिकाहरू र २१६ अनलाइन डिजिटल पत्रिका रहेका
इटहरी/ नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ । उक्त अवसरमा बुधबार साँझ इटहरीस्थित सोल्टी वेस्टेन्डमा एक भव्य समारोह आयोजना गरियो । जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरियो । शिक्षा विधातर्फ प्रा.डा. टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो । यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई,
धरान/ भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति नेपाली विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यवहारको घोर भत्र्सना गरेका छन् । फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घट्यो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविह्लमात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ । नेपाली चेलीको शंकास्पद
झापा/ झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गर्दै यसबर्ष ४८ विगाह जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरी प्रविधिले सस्तो लागतमा उत्पादन वृद्धि हुने भएकाले किसानलाई प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले प्रविधियुक्त खेती प्रदर्शन कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। मेसिनरी खेतीको नयाँ युग स्थानीय पालिकाहरुको सहकार्यमा किसान समूह छनोट गरी हर्दिनाथ–१ जातको चैते धानको ब्याड राख्ने काम तीव्ररूपमा भइरहेको विष्टले बताए। छनोट गरिएका किसान समूहहरूमध्ये माईपश्चिमतर्फ गौरीगञ
झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा
धरान/ आन्तरिक राजस्व कार्यालय धरानले धरानका व्यापारी तथा व्यवसायीहरुलाई अनावश्यक दुःख दिने अभिप्रायले चिठ्ठी आतंक मच्चाएपछि अहिले धरानका व्यापारी व्यवसायीहरु त्रसित बनेका छन् । यही विषयलाई लिएर व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य संघ धरानमा सर्वपक्षीय छलफल समेत राखिएको थियो । आन्तरिक राजस्व कार्यालय धरानले मेनुअल सिस्टमलाई अपग्रेट नगरी आफूखुशी लाखौ रुपैयाँ कर दाखिला गर्न बाँकी रहेको भन्दै मनपरी ढंगले रकम उल्लेख गरी व्यवसायीहरुलाई रकम दाखिलाका निम्ति यतिबेला चिठ्ठी आतंक नै मच्चाएको छ । आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता नगरिएको अवधि समेत उल्लेख गरी आइटी सिस्टम भन्दा अगा
इटहरी । कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तरगत शिक्षा विधाको अवार्ड प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उनको अवार्ड इटहरी स्थित जनता बहुमुखी क्याम्पसका सहप्राध्यापक टोलनाथ काफ्लेले ग्रहण गरे । २००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावा