- तस्बिर : धरान ३ को माछा भौडीमा धरान उपमहानगरपालिकाका तत्कालिन मेयर तारा सुब्बाको अवधारणमा बनेको पार्क ।
- रणध्वज लाेहार
धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो ।
उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए ।
विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने ।
सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांका सडकमा फूल लगाएर सौन्दयकरणले थप आकर्षण थप्ने भनेर समेटिएको थियो ।
संस्थापक मुख्यमन्त्री राईले भने,“उक्त योजनाले थप सौन्दर्यकरण र पर्यावरणको लागि पनि राम्रो हुने,उद्योग व्यापारलाई समेत सहयोग पुग्ने र रोजगारी समेत बढ्नेछ ।
यतिमात्रै होइन, फूलको व्यवसायिक खेती समेत गर्न सकिन्छ,जस्ले गर्दा रोजगारीको व्यवस्था समेत हुने छ । सडक आसपासमा भएको फूलको आकर्षणका कारण चिलचित्र उद्योगमा समेत सहयोग पुग्ने छ ।”
मुख्यमन्त्री राईले अघि सारेका योजना कार्यान्वयन भएको छैन तर अवको सरकारले ध्यान दिएर उक्त योजना अघि सारेको खण्डमा कोशी प्रदेशकै सौन्दर्यकरणमा थप सहयोग मिल्ने छ ।
हाइवेमा फूलको गार्डेन बनाऔं ःपर्यटन व्यवसायी
कोशी प्रदेशको थप पर्यटन प्रर्वद्धन गर्नको लागि सडकको आसपास क्षेत्रमा फूलको गार्डेन बनाउन सकिने र त्यसले सौन्दर्यकरण समेत बढाउन संभावना प्रचुर मात्रमा भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
हाइवेमा सौन्दर्यको आकर्षणसँर्गै कोशी प्रदेशलाई फूलै फूलको बगैचा बनाएर आन्तरिक तथा वाह्य पर्यटक भित्राएर प्रदेशलाई आर्थिक उपलव्धी समेत भई पर्यटन व्यवसायीलाई समेत सहयोग मिल्ने बताइएको छ ।
कोशी प्रदेश पर्यटन बर्ष २०८२ का सदस्य बासुदेव बरालले कोशी प्रदेशका हाइवेमा फूलको गार्डेन बनाउँदा पर्यटन,स्वास्थ्य क्षेत्रमा सहयोग पग्ने बताए ।
उनले भने , “जापानको एउटा सानो पहाडमा फूलै फूल भएको डाँडा छ,त्यहाँ संसारका पर्यटकहरु त्यसलाई मात्रै हेर्नको लागि भए पनि पुग्ने गरेका छन्,पर्यटक उक्त स्थानमा जाँदा सडक नै जान हुने गरेको छ,यसर्थ पर्यटकको आगमन हुनु भनेको आर्थिक आम्दानी पनि बढ्ने श्रोत हो ,त्यसैले पर्यटन प्रबद्र्धन गर्नको लागि हाम्रो कोशी प्रदेशमा पनि हाइवेमा फूलको गार्डेन बनाउन जरुरी छ।”
त्यसका लागि हाइवेमा फूलका रुखहरु रोेप्ने र संरक्षण गर्नको लागि प्राइबेट कम्पनीलाई दिने हो भने जंगलहरु पनि फूलको गार्डेन बन्ने र पर्यावरणमा समेत फाइदा पुग्ने पर्यटन व्यवसायी बरालको भनाई छ ।
फूलले मौरी व्यवसाय फस्टाउने
स्वास्थ्य शरिरको लागि फूलको बगैंचाले महत्वपुर्ण अर्थ राख्दछ । फूलबाट मौरीको लागि मह बनाउन अत्यन्तै सजिलो हो ।
मौरी पालक किसानहरुलाई मौरी पाल्नको लागि सजिलो हुने सोताङ्ग अर्गानिक कृषि रिसर्च सेन्टर धरानका कृष्ण राई बताउँछन् । मौरी पालेपछि मौरीको लागि फूल अति आवस्यक हुन्छ तर उनी मौरी पाल्दा समस्या हुदै आएको बताउँछन् ।
व्यवसायिक रुपमा मौरी पाल्दा भेडा पालेको जस्तै मौरी लिएर फूलको लागि लिएर जानु पर्ने बताउँछन् । जस्ले गर्दा मौरी पालक किसानलाई झन्झट र खर्चिलो समेत हुने गरेको किसानहरु बताउँछन् ।
रिसर्च सेन्टरका राईले भने,“यदि हाइवे आसपास,पार्क र खाली जंगल क्षेत्रमा फूल रोपेर फूलको बगैंचा बनाउने हो भने पर्यटन प्रबद्र्धन र मौरी व्यवसाय गर्न समेत सहज हुने छ ।”
फूलबाट आयुर्वेद औषधी
फूल मानवीय जीवन जन्म,मृत्यु,धर्म ,सस्कार स्वास्थ्य उपचारको लागि पनि आवस्यक पर्दछ । जस्ले गर्दा सौन्दर्यकरणको लागि मात्रै फूलको महत्व नभई मानवीय आवस्यता भित्र फूल पर्दछ ।
परापुर्वककालदेखि फूल नै आयुर्वेद उपचार पद्धतीमा फूलको महत्व राखेको छ । यसबाट आयुर्वेद औषधी समेत हुने भएकाले झनै महत्व राख्ने गर्दछ ।
आयुर्वेद चिकित्सक डा. विजय किसोर पंडितका अनुशार फूलको उपयोग आयुर्वेद उपचार पद्धतीमा समेत आवस्यक हुन्छ,जसका कारण महत्व अति नैछ ,तर पनि यसलाई व्यवसायीकरण गर्न सकियो भने झनै आयुर्वेद उपचार पद्धतीमा सहयोग पुग्छ।
उनले भने,“सवै फूलहरु आयुर्वेद जडीबुटी नै पर्दछ, रोग अनुसार नै फूलको प्रयोग गरिने भएकाले विरामको पहिचान भएपछि त्यस्ता फूलहरु आयुर्वेदमा प्रयोग गरिन्छ । ”
नीति तथा कार्यक्रममा दुई बर्षलाई पर्यटन बर्ष घोषणा
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्नको लागि प्राथमिकता पाएसँगै प्रदेशमा थप उत्साह थपिएको छ ।
कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुतमा प्रदेशलाई उत्साह प्रदान भएको हो ।
सरकारले आउँदो साउनदेखि २०८५ साल असारसम्म (दुई वर्ष) लाई कोशी प्रदेश भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ। नीति कार्यक्रममा प्रदेशको अर्थतन्त्रको मुख्य मेरुदण्डका रूपमा पर्यटनलाई विकास गर्न कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना तर्जुमा गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा कोशी प्रदेश भ्रमण बर्षमा फूल फूलैंको बगैचा बनाएर कोशी प्रदेशलाई तेह्रथुम जिल्लालाई लाली गुराँसको राजधानी भनिए झै फूलको बगैचा बन्ने कुरामा प्रदेशवासीले अपेक्षा गरेका छन् ।
निष्कर्ष
खास गरि विकास भनेको सडक बाटो बनाउनु,पुल बनाएर मात्रै हुदैन । मानब विकास क्रमसँगै पुर्वाधार विकासको योजना अनि मानविय संर्वागिंण विकासको लागि अरु पनि आवस्यकता पर्दछ ।क्षमता विकास,स्वास्थ्य,शिक्षा सँगै आत्म निर्भर आर्थिक विकासलाई पनि मानविय विकास क्रम हो ।
कोशी प्रदेशलाई फूलको बगैंचा बनाउने हो भने यहाँ पर्यटन प्रवद्र्धन मात्र नभई स्वास्थ्य ,शिक्षा र रोजगारको लागि आत्म निर्भर समेत हुने छ ।त्यसैले कोशी प्रदेशलाई फूलै फूलको बगैंचा बनाउन सकिएको खण्डमा यहाँको व्यापार व्यवसाय फस्टाउने र रोजगारको लागि पनि सहयोग पुग्ने छ ।