- रणध्वज लोहार
पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालिका ६ पानबारीमा हरेक बर्ष झैं यो बर्षमा असार १५ का दिन राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई महोत्सव हुने भएको छ ।
आयोजक सहभागि कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २३ धान दिवसको अवसर २०८३ को अवसरमा धरान ६ पानबारीमा १२ औं धान रोपाई महोत्सव हुने भएको हो ।
आयोजक सहभागि कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष झुमा राईका अनुसार असार १५ गते पानबारीकै कृषि सहभागि मार्ग ,वायो ग्याँस प्लान्टको अगाडि कृषकको खेतमा धान महोत्सब हुने बताईन् ।
अध्यक्ष राईका अनुसार यस बर्षको धान रोपाई महोत्सबमा कोशी प्रदेशका उद्योग तथा कृषिमन्त्री इसरायल मन्सुर आउने भएका छन् ।अध्यक्ष राईले भनिन्, अहिले सम्म महोत्सव सम्पन्न गर्नको लागि स्थानीय सरकार,सामाजिक संघ लगायतबाट सहयोग हुँदै आएको छ तर संघ र प्रदेश सरकारको पनि ध्यान जान जरुरी छ ।
साथै स्थानीय सरकारका प्रतिनिधीहरु, कर्मचारी, बिद्यार्थी तथा अन्य पाहुनाहरुको गरिमामय उपस्थितीमा रोपाई महोत्सब मनाउने तयारी छ । त्यसका लागि आयोजक संस्थाले पत्रचार गर्दैछ ।
यसपालीको राष्ट्रिय धान दिवसको नारा “जलवायु मैत्री प्रविधि,धान उत्पादनमा बृद्धि र आत्मा निर्भरता” भन्ने रहेको छ ।
सहभागि कृषि सहकारी संस्थाले हरेक बर्ष किसानको खेतबारीमा पुगेर धान रोपाई महोत्सब धुमधाम मनाउने गरेको छ । महोत्सवसँग सवै जना किसान अन्य भेला भएर किसानको खेतमा पुरै धान रोपाई गर्दै आएको छ ।
गोदाम भवन बनाउन १५ लाख आर्थिक सहयोग
धरानको पानबारीमा रहेका किसानहरुको लागि कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ ।
सहभागि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष राईले दिएको जानकारी अनुसार धरान ६ पानबारीमा रहेको गोदाम भवन बनाउनको लागि सरकारको उद्योग तथा कृषि मन्त्रालयका मन्त्री इसरायल मन्सुरले आर्थिक बर्ष २०८३।०८४को बजेटमा १५ लाख वजेट विनियोजन गरेको बताईन।
यो सहयोगले गोदाम भवनको लागि सहयोग पुग्ने अध्यक्ष राई बताईन ।