विराटनगर/ रमपम विराट गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। भारतको दिल्ली सुदेवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो। भारतबाट सहभागी भएका दुईमध्ये कोलकाता फुटबल क्लब पहिलो खेलमै मोरङसँग पराजित भई बाहिरिएको थियो भने दिल्ली सुदेवा पनि दोस्रो खेलमा पराजित भई बाहिरियो। यसअघिका संस्करणहरूमा भारतीय टोलीहरू सेमिफाइनलसम्म पुग्ने गरे पनि यस पटक दुवै टोली पहिलो खेलमै पराजित भए। उद्घाटन खेलमा मोरङ फुटबल एकेडेमीले कोलकाता क्लबलाई ३-२
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १० विजयी भएको छ। समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको वडा नं १० ले समूह ‘ए’ को विजेता वडा नं ३ लाई टाइब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटको खेल र थपिएको अतिरिक्त समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। विजयसँगै वडा
विराटनगर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् । मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।
काठमाडौं ।आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय०ले निर्वाचनको लागि तयारी शुरु गरेको छ ।त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ’, उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २
विराटनगर/ विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा
इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद
चतरा/ माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत
विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि
धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda
सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी