स्थानीय

    Showing 2,871-2,880 of 5,054 items.
  • धरानको पुरानो व्यापारिक भवन जीर्ण

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकको वहुउदेश्यीय व्यापारिक भवन  सपिङ कम्प्लेक्स मर्मत सम्हार नहुदा दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । २९ बर्ष अगाडि निर्माण भएको भवनबाट धरान उपमहानगरपालिकाले बार्षिक लाखौ आम्दानी गर्ने भए पनि मर्मत सम्मारमा ध्यान नदिँदा भवन जीर्ण बन्दै गएको हो । धरान उपमहानगरपालिका वडा नं. ३ चिनियाँ चौकमा २०५२ साल असार ३० गते पूर्वप्रधानमन्त्री एवम तत्कालीन प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष स्व. मनमोहन अधिकारीबाट भवनको उद्घाटन भएको थियो । व्यापारिक भवनको परिकल्पना अनुसार निर्माण भएको तीनतले सो भवनबाट अहिले बार्षिक १८ लाख रुपैया भन्दा बढी उपम

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थापना दिवसमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री र पिण्डेश्वर मन्दिर सफाई

    धरान/ नेपाल मोबाईल ब्यवसायी महासंघ कोशी प्रदेशको तेस्रो स्थापना दिवस मनाइएको छ। विहीबार कोशी प्रदेश कमिटीको संयोजन र हाम्रो मोबाईल संघ धरानको ब्यवस्थापन धरानमा स्थापना दिवस मनाइएको हो। दिवसको अवसरमा धरान–४ स्थित “लर्ड्स होमनेपाल “ नामक बाल आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री र फलफूल बितरण गरिएको अध्यक्ष जीवन शाक्यले बताए। अध्यक्ष शाुनाुस अध्यक्ष शाुस आवकाकसरअध्यक्ष रमा शनिबार पुर्वको प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सरसफाई र फोहोर व्यवस्थापनको लागि डस्ट्विन बितरण गरिएको थियो कार्यक्रममा नेपाल मोबाइल व्यावसायी महासंघ कोशी प्रदेश“ तथा“ हाम्रो मोब

    • प्रकाशित मितिः असार ३०, २०८१
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अबैध लागुऔषध र नगद सहित ५ जना पक्राउ,

    सुनसरी/ धरान उपमहानगरपालिका–१६ बाट अबैध लागु औषध ट्रामाडोल क्याप्सुल (१४,९०१) चौध हजार नौ सय एक) , स्पाजमोल ट्याब्लेट (७,४९६) सात हजार चार सय छयानब्बे) ,कोलीवन क्याप्सुल (१,१५५) एक हजार एक सय पचपन्न र नगद रू.७६,००० (छयत्तर हजार) सहित ५ जना पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतको टोलीले शुक्रबार बेलुका ९ः०० बजे धरान उपमहानगरपालिका–१६ बस्ने १७ बर्षिय किशोरीको कोठामा कानूनी रित पुर्याई चेकजाँच गर्दा उक्त अबैध लागुऔषध र रकम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए । सो कार्यमा संलग्न सोही

    • प्रकाशित मितिः असार २९, २०८१
    • 1,208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

    धरान/ धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दूइ करोडको लगानीमा सुब्बार्ले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन । खोलाको वगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ । होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने

    • प्रकाशित मितिः असार २८, २०८१
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रकाे हैंटा खोलाकाे अतिक्रमण हटाए पछि कालाबञ्जर बजारमा बाढीको त्रास हट्यो

    वराहक्षेत्र/ कालाबञ्जर बजारमा हैटा खोलाको पानी पस्ने र डुवान हुने वर्सौदेखिको त्राष गत बर्षदेखि स्थानियले भोग्नु परेको छैन् ।  वराहक्षेत्र नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोलाको आकार दिन खोला भित्रका संरचना हटाए पछि स्थानिय कालाबञ्जरवासिहरु डुवानको त्रासबाट मुक्त भएका हुन् । नगरपालिकाले खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेर खोलाको आफ्नो आकार दिएको थियो । खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै दर्जनको सङ्ख्यामा खोला भित्र परेमा रुख बिरुवाहरू हटाइएको थियो । खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पा

    • प्रकाशित मितिः असार २८, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रामेछापबाट ल्याउँदै गरेको खयर धरानमा पक्राउ

    धरान/ धरान सब डिभिजन बन कार्यलयले अवैधरुपमा ल्याउदै गरेको चार वटा ट्रकमा लोड गरिएको ठुलो परिमाणको खयरको काठ नियन्त्रणमा लिएको छ । रामेछापबाट लोड गरी सुनसरीको धरान स्थित सूर्य कत्था उद्योगको नाममा ल्याउँदै गरेको काठ बुधबार नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको डिभिजन बन कार्यलय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए । रामेछापबाट लोड गरेर ल्याइएको बा प्र ०१००६ ख २१११, बा. प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकमा कैफियत देखिएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशनमा प्रहरीसंगको समन्वयमा नियन्त्रणमा लिइएको हो । उक्त ट्रक धरान स्थित वन का

    • प्रकाशित मितिः असार २८, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा आधाभन्दा बढी सार्वजनिक भवनहरु असुरक्षित

    धरान/ सुनसरी जिल्लामा रहेका आधाभन्दा बढी सार्वजनिक भवनहरु असुरक्षित रहेको जनाइएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुखसुदिप विक्रम भट्टले ५२ प्रतिशत सार्वजनिक भवनहरु असुरक्षित रहेको बताएका छन् । विहीबार इटहरीमा भएको सुनसरी जिल्लाका सार्वजनिक भवनहरुको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षणबाट प्राप्त नतिजा सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । विशेष गरेर विद्यालयका भवनहरु जिर्ण कमजोर र भुकम्पलगायतका विपदलाइ थेग्न नसक्ने अध्ययन प्रतिवेदनले देखाएको बताए । उनले भने,‘सुनसरी लगायत १३ जिल्लामा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथ

    • प्रकाशित मितिः असार २८, २०८१
    • 249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तोरीवारी खानेपानीको ८ औ साधारण सभा सम्पन्न

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८ औं साधारण सभा सम्पन गरेको छ । बुधबार उपभोक्ता समितिले कार्यलयको सभाहलमा आर्थिक वर्ष २०७९/८० को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधरण सभा आयोजना गरेको हो । समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार १ करोड ९४ लाख ७ हजार ३ सय ६७ रुपैयाँ १० पैसा आम्दानी गरेको छ । खानेपानी महसुलवापत ६१ लाख ५ हजार ९ सय ७४ रुपैयाँ ६९ पैसा सङ्कलन गरेको समितिले खानेपानी डिभिजन कार्यालय ८२ लाख ८७ हजार ३ सय ७८ रुपैयाँ र सङ्घीय खानेपानी कार्यालयबाट २० लाख २ हजार २

    • प्रकाशित मितिः असार २७, २०८१
    • 433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा आज यामाहाको ब्लयु स्क्वायर शोरुमको उद्घाटन

    धरान/  आज (बिहीबार) धरान ८ मा रहेको उत्कृष्ट प्रविधि, आकर्षक डिजाईन तथा गुणस्तरीय ब्राण्ड यामाहाको ब्लयु स्क्वायर शोरुम उद्घाटन हुने भएको छ  । उक्त सोरुमको उदघाटन उपमेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा लाङ्घाली चोक सोरुम परिसरम हुने सोरुमका प्रोपराईटर प्रभाव खतिवडाले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिए । कम्पनीले सोरुम उदघाटका दौरान भोलि बिहिवार बाट आउदो ३१ गते सम्म सरप्राईज अफर समेत ग्राहकले पाउने एरिया सेल्स म्यानेजर पशुपति खडकाले बताए । उक्त पत्रकार सम्मेलनमा यामाहा कम्पनीका एशिस्टेन्ट जेनेरल म्यानेजर हरि कुमार दाहाल,एरिया सेल्स म्यानेजर पशुपति खड्का, होटेल

    • प्रकाशित मितिः असार २७, २०८१
    • 584 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालीलाई रुसी सेनामा भर्ना बन्द

    धरान/ रुसी सेनामा नेपाली भर्ना बन्द भएको छ । नेपालीहरु रुसी सेनाबाट धमाधम फिर्ता हुन थालेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मस्कोस्थित नेपाली राजदूतावासको माध्यमबाट स्वदेश फर्कने नेपालीहरुको संख्या १ सय ३८ पुगेको छ। दूतावासको माध्यम प्रयोग नगरी अन्य केही नेपालीहरु पनि रुसी सेनाबाट फिर्ता भइसकेका छन्। मस्कोस्थित नेपाली राजदूतावास स्रोतका अनुसार, स्वदेश फिर्तीका लागि तीनजना नेपालीहरु दूतावासको सम्पर्कमा छन्। उनीहरुलाई राजदूतावासले आश्रयको व्यवस्था गरेको छ। स्वदेश फर्कन रुसी सेनाले स्वीकृति दिएपछि दूतावासको सम्पर्कमा पुगेका उनीहरुमा लमजुङ दुधपोखरीका नवराज गुरुङ लगायत छन्। २२ फेब

    • प्रकाशित मितिः असार २७, २०८१
    • 332 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved