दुर्गा प्रसार्ईलाई दुई मुद्दा,पाँच वर्ष कैद माग "सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर "

  • असोज १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ परेको आठौं दिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो ।

प्रसाईविरुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ ।

प्रसाईको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी एक जना महिला नेतृको चरित्रहत्या गरेको आरोप छ ।

अर्का एक जना पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका थिए ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved