बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०५ पुग्यो,२४ जना बेपत्ता

  • असोज १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म २०५ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २०५ जनाको मृत्यु भएको हो ।

विपदमा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४,२२२ जनाको उद्धार गरिएको छ ।साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य जारी छ । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

सापटी रकम लिएर घर फर ...

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट ग ...

बालिकामाथि यौन दुर् ...

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षी ...

सुनसरीमा धरानका २ सह ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानस ...

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved