विराटनगर/ बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण भारतको बाटो हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न प्रयासरत देखिएका छन् । भारतको जोगबनीबाट विराटनगरको रानी नाका हुँदै बंगलादेशका नागरिकले नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका छन् । तीमध्ये केहीलाई प्रहरीले फिर्ता पठाएको छ ।बंगलादेशमा हिंसा बढेसँगै कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा अवस्था कडा पारिएको छ । सुरक्षा अवस्था कडा पारिएकाले नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक सीमाबाटै फिर्ता भएको प्रहरीको दाबी छ । बंगलादेशमा चुलिएको राजनीतिक संकट र हिंसाका कारण देश छाडेका बंगलादेशीहरू नेपाल समेत प्रवेश गर्न खोजेका छन् । नेपाल
धरान/ हरेक बर्ष कोशी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वर मन्दिरमा साउन महिनाको सोमबार बोलबम लाग्ने गरेको छ । हिन्दुआस्थाका धर्मालम्वबीहरुले देश विदेशबाट आएर बोलबममा सप्तकोशी नदी गएर प्रत्येक सोमबार मन्दिरमा जल चढाउने गर्दछन् । यो वर्षको अन्तिम साउने सोमबार सम्मको पिण्डेश्वर मन्दिर व्यवसथापन समितीका अनुसार लगभग तीन लाख भक्तजन आए भने ५ लाख २० हजार रुपैयाँ आर्थिक संकलन भएको जनाइएको छ । तर बोलबम अवधिभरी भक्तजनले मन्दिर भित्र चढाएको भेटिघाटीको लेखाजोखा भने हुने गरेको छैन ? किन त भनेर कोशी पत्रले पिण्डेश्वर मन्दिर व्यवस्थापन समितीका अध्यक्ष विकास बनेपालीलाई सोधीखोजी गरेको छ । प्रस्तुत
वराहक्षेत्र/ वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले असाय, अशक्तलाई खाद्यन सहयोग गरेर जन्मदिन मनाए । वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले अपाङ्ग , अशक्त भएका परिवारलाई खाद्यन सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् । मङलवार साउन २९ गते आफ्नो ३६ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र(१ बगुवाका अशक्त तथा अपाङ्ग ढकबहादुर खड्का र पुर्णबहादुर खड्कालाई खाद्यनका सामाग्री एक-एक बोरा चामल, नुन , तेल , मसला, आलु , सरसफाइका सामाग्री सावुन , सेम्फु र नगद समेत प्रदान गरेका थिए । त्यस्तै वडा नं १ खारखोलाका क्यान्सर रोग पि
धरान/ धरान १६ स्थित युएन नबोदय कलेजले विद्यार्थीहरुलाई फाइभ स्टार होटलमा लगेर अभिमुखीकरण गराएको छ । होटल म्यानेजमेन्टमा ब्रान्ड रहेको उक्त कलेजले नयाँ शैक्षिक सत्रको लागि कक्षा–११ मा भर्ना भएका एक सय ५० जना विद्यार्थीलाई शनिबार झापाको धुलाबारी स्थित होटल मेचि क्राउनमा अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रममा कलेजका क्याम्पस प्रमुख एबम प्रिन्सिपल डम्बर कुमार तुम्बापोले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत पुर्बक पढ्न आग्रह गरे । यु.एन.नबोदयका बिद्यार्थीले होटल म्यानेजमेन्टमा धरान टप, जिल्ला, प्रदेस टप हुदै नेपाल सेकेन्ड टप समेत हुन सफल भएकाले अब अझै मिहिनेतसाथ अध्यय
धरान/ बिद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा अलवा बाह्य ज्ञान दिने उद्देश्यले धरान ६ स्थित एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुलले हाइकिङ( पदयात्रा) गराएको छ । आइतबार कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई धरान २० स्थित चिण्डेडाँडामा पुर्याएर धरान शहर लगायत पुर्वको दृष्यलाई प्रत्यक्ष रुपमा अवलोकन गराएको हो । आइतबार विहान ५ बजेदेखि धरान बजारबाटै विद्यार्थीहरुलाई पदयात्रा गराएइएको हो । किताबी विषयलाई विद्यार्थीहरुको लागि प्रत्यक्ष रुपमा हाइकिङद्धारा नै जानकारी दिने उद्धेश्यले हाइकिङ गराइएको शिक्षक खगेन्द्र श्रेष्ठले बताए । उनले भने,“हाइकिङ विषयमा किताबी कोर्ष भएतापनि फिल्डमै लगेर
धरान/ टोलबाट रकम जुटाएर विकास गर्न सकिन्छ र आफ्नो टोललाई आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् धरान ३ का सर्वसाधारण । बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउन तथा आफ्नो टोललाई चिनाउन टोलबासीहरुले रकम जुटाएरै प्रवेशद्वार निर्माण गरेका हुन् । धरान ३ र १५को सीमानामा पर्ने भानु स्मृति तथा मित्रपथ उत्तर–दक्षिणमा २ प्रवेशद्वार निर्माण सम्पन्न भएको छ । अत्यन्तै आकर्षक ढंगबाट निर्माण गरिएको सो प्रवेशद्वारको एकपट्टीको मात्र करिब ५ लाख ९६ हजार रुपैयाँमा सम्पन्न भएको हो । त्यहाँका उपभोक्ता समितिहरु सक्रिय रुपमा खटिएर स्थानीय तथा विदेशमा रहेका स्थानीय बासिन्दाहरुसँग संकलन
धरान/ मुख्य सिजनका रुपमा सुनसरीको बराहक्षेत्र ६ र ९ श्रीलङ्का टप्पुका किसानले बर्खामा लगाउँदै आएको मकै बाली लोप हुँदै गएको छ । वराहक्षेत्र नगरपालिका ६ का २ सय घरधुरी र ९ नम्बर वडाका ७ सय घरधुरीले गर्दै आएको परम्परागत बर्खे मकै बालीमा किसानको आकर्षण घट्दै गएको छ । “अहिले लगभग ५ प्रतिशत जति किसानले मात्रै बर्खे मकै खेती गर्छन्, पहिले प्राय सबै किसानले मकै नै लगाउँथे,’ स्थानीय युवा कृषक सन्तोष चन्द्रवंशीले भने, “बर्खामा मकै लगाउने कृषकले पानी नजम्ने डाँडा परेको ठाउँमा खोर्सानी, बोडी, भिन्डी र पर्बललगायतका नगदे बाली लगाउने गरेका छन् । बर्खे मकैका ठाउँमा किसानले धान खेती ग
धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई राजनीतिक दलहरुले अन्ततः घुँडा टेकाएका छन् । मेयर राईले खानेपानी शुल्क बृद्धि गरेपछि १६ दिनअघि देखि शुल्क बृद्धि खारेजीको माग गर्दै आन्दोलनरत दलहरुसँग आइतबार बेलुकी भएको वार्तामा तीन बँदे सहमति गराएर घँुडा टेकाएका हुन् । नेकपा एमाले धरान उपमहानगर कमिटीका उप सचिव योगेशबावु काफ्लेका अनुसार मेयर राईले गरेको बृद्धि महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पुर्णता बारे अदालतको फैसला मान्ने र एकसाताभित्र बोर्डको सम्पुर्ण हिसाब सार्वजनिक गर्ने सहमती भएको छ । शुल्क बृद्धिको खारेजीको माग गर्दै धरानमा दुईसाता अघिदेखि तनाब ग्रस्त भएको थियो । दलहरुले
धरान/ आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट र कार्यक्रमको शनिबार धरान उपमहानगर वडा नम्बर ६ ले बृहतसार्बजनिकसुनुवाई गरेको छ। वडामा प्राप्त एक करोड १० लाख ६४ हजार ८ सय ९४ रुपैयाँ बजेट मार्फत जनप्रतिनिधीले एक बर्षमा गरेको आय व्यय सहित याेजना ,त्यसको कार्यान्यवनको बारेमा वडामा सार्वजनिक सुनुवाईकार्यक्रम गरेको हो। स्थानीय सरकारले जनतालाई वडा कार्यालय मार्फत जनप्रतिनिधीले भए गरेका बार्षिक गतिविधीलाई जनतासामु जानकारी दिनको कानजक्र रएको ६ नम्बर वडा कार्यालयका वडाध्यक्ष भुपेन्द्र भटटेराईले बताए। सार्वजनिकसुनुवाईकार्यक्रम कोशी प्रदेशसभासदस्य रमेश कुमार वस्नेत,नेपाली काँग्रेसकी केन्द्रिय सदस्
इटहरी/ ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ। कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भ