धरान/ चेली माइतीको पर्व, नेपालीहरुको महान दोश्रो चाड तिहार अर्थात दिपावाली चेलीले माइतीलाई निधारमा सप्तरंगी टिका,सयपत्री,मखमली फूलको माला लगाईदिएर मनाउने गर्दछन् ।
तर तिहारमा आफ्नै खेतबारीमा फुल्ने फुल सयपत्री,मखमली भन्दा पनि आयातित फूल,कृतिम मालाहरुको बढी प्राथमिकता दिएको पाइन्छ । जस्ले गर्दा नेपालीहरुको यस्ता सांस्कृतिक पर्वहरुको मौलिकता नै हराउन थालेको छ । तिहार आउन दुई दिन मात्रै बाँकी छ,
अर्थात कार्तिक १३ गते यमपञ्चक काग तिहार हो । त्यसपछि तिहार यो बर्षको शुरु हुन्छ । कार्तिक १८ गते भाइटिका रहेको छ ।
यसरी तिहार आइ नै सक्यो भन्दा पनि हुन्छ ।
यो बर्षको तिहारमा चाहिँ प्रायः जसो गाउँ घरमा सयपत्री फूलको अवस्था के छ भनेर।
कोशीपत्र दैनिकले मिति २०८१ साल कार्तिक १२ गते धरानका विभिन्न स्थानमा पुगेर तयार पारेको भिडियो सामाग्रीः