पूर्व राजपरिषद सदस्य शंकरको निधन,पार्थीव शरीर वीपी प्रतिष्ठान धरानलाई दान

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । पूर्ब राजपरिषद सदस्य चक्र बहादुर  शंकरको आइतबार राती निधन भएको छ ।
पूर्ब राजा बीरन्द्र शाहको अस्थायी राजपरिषद सदस्य र ज्ञानेन्द्र शाहको कार्यकालमा स्थायी सदस्य समेत रहेका शंकरको राती १ बजे निधन भएको धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।उनका अनुशार शंकर इलाम चिया बगानको पूर्ब मेनेजर र नेपाल सरकारको पूर्वशाखा अधिकृत(द्धितीय श्रेणी) समेत हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शंकरको मृत शरीर दान गरिएको छ । उनको मृत्यअघिको इच्छा मुताविक प्रतिष्ठानलाई शरीर दान गरिएको भतिज गोपाल शंकरले  बताएका छन् ।
धरान –८ निवासी शंकर दीर्घरोगबाट ८५ बर्षको उमेरमा निधन भएको हो भने उनको जन्म वि.सं १९९६ साल जेष्ठ २९ गते तेह्रथुम जिल्लामा पिता बुद्विमान शंकर तथा आमा लक्ष्मी माया शंकरको कोखबाट भएको थियो ।

उनको निधनमा विश्वकर्मा कल्याण सेवा समाजका प्रधान कार्यालय धरानका अध्यक्ष खड्ग बहादुर कोइरालाले  सामाजिक सञ्जालमा श्रदान्जली अर्पण गर्दै यसरी लेखेका छन् ः
१९९६÷०२÷२९ तेरथुम जिल्लाको म्याङ्लुङ ३ नागदहमा वुवा वुद्वीमान शंकर तथा आमा लक्ष्मी माया शंकरको कोखवाट जन्मेर विश्वकर्मा जातीका अग्रज व्यक्तित्व कायम राख्न सफल, निसहाय सहयोग परिषदको सस्थापक संरक्षक तथा राज परिषद स्थायी समिति सदस्य चक्र वहादुर शंकरज्युको ८५ वर्षको उमेरमा यही मिति २०८१÷०७÷१२ गते विहान १ वजे घोपा क्याम्प धरानमा उपचारको शिलिशलामा असामायिक निधन भएको छ उहाको आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार छोरी किरण शंकर गजमेर भतिज गोपाल शंकर तथा आफन्तजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गदर्छौ । उहाको पार्थिव शरीर घोपा क्याम्पमा नै स्वईच्छा दान गर्नु भएकाले उहाको आफन्त जनहरुको घरमा गई सान्त्वना दिन सकिन्छ ।’

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved