काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक
धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ । असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् । पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीम
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ। त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः # यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु। # पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रह
चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल एक्लिएका छन् । उपमेयर सहितको जनप्रतिनिधी उच्च अदालतमा मेयर पौडेल विरुद्ध उच्च अदालत पुगेका छन् । पौडेल विरुद्ध उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराए भने रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्न
धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द
धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्
धरान/ धरान उपमहानगरपालिका वडा न. ४ विकट वडाको रुपमा चिनिन्छ । यहाँका विद्यार्थीहरु घण्टौ हिडेर विद्यालयसम्म अध्ययन गर्न बाध्य छन् । शिवजट्टा, हर्दिया, देवी गाउँजस्ता विकट गाउँहरु यस क्षेत्रमा पर्छन् । यो वडामा ६ वटा विद्यालय छन् तर सबै आधारभूत तहका विद्यालय हुन । विगठ भएकै कारण भदौ २९ गतेको राष्ट्रिय बालदिवस वडाको संयोजनमा शुक्रबार मात्र सम्पन्न भएको छ । वडाले कन्या आधारभूत विद्यालय कन्यापोखरी, बालिका आधारभूत विद्यालय देवीटार भेडेटार, आधारभूत विद्यालय हर्दिया, पञ्चकन्या आधारभूत विद्यालय हर्दिया, सिंहदेवीदेवी आधारभूत विद्यालय सुमनटार र शिक्षाज्ययोति आधारभूत विद्यालय बसन्तटारलाई धरान ४ म
धरान/ धरान हेल्पिङ ह्यान्ड्सको शनिबार सम्पन्न चौथो साधारणसभाले किरण भुजेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः विद्या शाक्य, रमेश राई (रोमु), मणि लिम्बू, कोपिला राई र नर्वदा गुरुङ छानिएका छन् । यसैगरी नवगठित कार्यसमितिका सदस्यहरूमा विशाल थापा, शैलेस दाहाल र जोलिस गुरुङ छानिएका छन् । दुबईमा रहेका धरानेहरूको सहयोगबाट सञ्चालन भइरहेको धरान हेल्पिङ ह्यान्ड्सले आगामी दिनमा धरानको शैक्षिक क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्ने संस्थाका संरक्षक ईश्वर श्रेष्ठले बताए । आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित
धरान/ भोजपुर बहुमुखी क्याम्पस ,भोजपुरमा भाषिक विज्ञ सहितको भाषा सम्पादन समिती गठन गरिएको छ । क्याम्पस प्रमुख भुलानाथ राईद्धारा आइतबार जारी विज्ञप्तीमा क्याम्पस प्रशासनको बैठकले दुई सदस्यीय भाषा सम्पादन समिती गठन गर्ने निर्णय गरिएको जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसार नेपाली भाषाको विज्ञ उपप्रध्यापक बाबुराम ओझा र अंग्रेजी भाषाको विज्ञ उपप्राध्यापक प्रकाश राई छन् । विज्ञप्तीमा भनिएको छ“, भाषिक सुद्धताको सुनिश्चितताको विषयमा विज्ञतासँग संवन्धित भएकाले आगामी दिनमा यस क्याम्पसबाट तयार गरिने र प्रकाशन गरिने सबै खालको आधिकारिक कागजातहरुको भाषिक शुद्धताको सुनिश्चितता गर्नको लागि भाषिक स