सामाजिक सुरक्षा एमालेको एतिहासिक काम:नेता ज्वाला मजदुर शाखा कमिटीको नेतृत्व भट्टराईलाई

  • पुस १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा (एमाले) ले श्रमिकहरुको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताएका छन् ।

श्रमिकहरुको जीवनमा आइपर्ने हरेक संकट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको बताउनुहुदै श्रमिक विरामी हुँदा उपचार, घाइतेहुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारि गरिएको र अहिले करिव १६ लाख श्रमिकहरु यसबाट लाभाम्बित भएको राईले बताए ।

नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले श्रमिकहरुको हित रक्षा र अधिकारको ग्यारेण्टि कम्युनिष्ट पार्टीको उदेश्य अनुरुप नेकपा एमालेले श्रमिकहरुको पक्षमा काम गरिरहेको बताए ।

कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंङ एभेङले पार्टीभीत्र श्रमिकहरुको उपस्थिति बलियो बनाउनु पर्ने बताउनुभयो । पार्टी श्रमिकहरुको मुद्धामा प्रतिवद्ध छ त्यही अनुपातमा पार्टीभीत्र मजदुरहरुको संख्या उलेख्य वृद्धि गर्नु पर्ने बताए ।

मजदुर शाखा कमिटीको नेतृत्व भट्टराईलाई

नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्रो अधिवेशनले हरी भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा तिलक बिक, सचिवमा बलबहादुर लिम्बू, सहसचिवहरुमा टिका निरौला र गणेश योङहाङ चयन हुनुभएकोछ ।

त्यस्तै सदस्यहरुमा वीरबहादुर राई, कमला बस्नेत, यमुना काफ्ले, शान्ति केसी, उर्मिला रसाइली, आशा राई, कुविर श्रेष्ठ, लेखराज थापा मगर, प्रेम कुँवर र रत्न तामाङ रहेकाछन् ।

कार्यक्रममा नेकपा एमाले सुनसरी सदस्य ऋषिराज राई, सल्लाहकार रंगलाल गिरी, पूर्व प्रदेश सदस्य मुक्तिनाथ गिरी, धरान नगर सदस्य तथा शाखा इन्चार्ज कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष समशेर बर्देवा लगायतका नेताहरु सहभागी रहेका थिए ।

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved