जाडो बढेसँगै फस्टायो धरानमा सिद्रा व्यापार

  • पुस १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन्। गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो।

सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन्।‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ’, उनले भनिन्।

शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताए। सिद्राप्रति किलो छ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छिन्। उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर ४० हजारसम्म बचत हुन्छ।’

धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन्। सिद्राको पारखीहरू टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन्। शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउँछन्।

उनका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ। उनले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आएका छन्। पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उनले सुनाए।धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उनले बताए।

यही व्यापारबाट उनले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताए। उनले भने, ‘नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्विन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु।’

धेरै जसो पहाडी जिल्लाहरूमा सिद्रा खपत हुने गरेको उनको भनाइ छ। सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उनले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताए।नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ ।

सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रूपमा पनि ग्राहकहरूले सिद्रा खरिद गरेर लैजाने उनले बताए।

जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरू बताउँछन्। धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राको व्यापार गर्ने व्यापारीको संख्या एक दर्जनभन्दा बढी छन्। पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिलारहेकाे खबर राससले प्रकाशन गरेकाे छ । 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved