नेपाल पत्रकार महासङ्घ सुनसरीमा काफ्ले ,प्रेस चौतारी र प्रेस युनियनको प्यानल नै बिजयी

  • मंसिर २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शुक्रबार भएको नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबाट उम्मेद्धवार भएकाहरु निर्वाचित भएका छन् । निर्वाचनमा प्यानल नै विजयी भएका हुन् ।
प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेद्धवार सन्तोष  काफ्ले ९४ मत सहित निर्वाचित भए ।

प्रेस युनियनबाट विद्रोह गरि बागी उम्मेद्धवार भएका गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन्।

समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्।त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नशिम अन्सारी चयन भएका छन्।
खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति) सिंह बहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की चयन भएका छन्।

यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ सुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्बो) निर्वाचित भए का छन्।

 

 

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved