गायिका शान्तारानीको गीत स्टेजमा चोलो फुस्किएपछि........... चोलो ठीक भएपछि फेरि बुरुक बुरुक उफ्रिन

  • पुस २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं ।पछिल्लो समय गायक गायिकाहरुको भाइरलको खालको समाचार आउने गरेका छन् । यसैक्रममा े गायिका शान्तारानी परियार आफ्नो भाइरल गीत ‘ढले ढले‘’ गाउने क्रममा स्टेजमा गीत गाएर नाच्दानाच्दै उनको चोली फुस्किएर लज्जित भएकी छन् ि।

नवलपरासीको सुनवलमा गत मंसिर १२ देखि २४ सम्म चलेको सुनवल महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् शान्ता रानी । उनी आफ्नो स्टेज प्रस्तुतिमा ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्ने गर्छिन् । ढले ढले‘ गाउने क्रममा बुरुक–बुरुक उफ्रिँदा अचानक उनको चोलोको पछाडिको खिप फुस्किएको थियो ।

गाउँदागाउँदै चोलो फुस्किएको थाहा पाएपछि शान्तारानीले आत्तिँदै जिभ्रो टोकिन् र स्टेजको ब्याक इन्डतर्फ दौडिइन् । धन्न लामो कपालले छोपिएर उनको ढाड उदांगो हुन पाएन ।

स्टेजको सोफामा बसेकी एक महिला अतिथिले शान्तारानीको चोलोको खिप लगाइदिइन् । खिप लगाउने क्रममा पनि शान्तारानीले ‘ढले ढले‘’ गीतलाई निरन्तरता दिइरहेकी थिइन्, तर उनी निकै नर्भस देखिन्थिन् ।

चोलो ठीक भएपछि उनी फेरि अगाडि आइन् र फेरि बुरुक बुरुक उफ्रिन थालिन् ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved