स्थानीय

    Showing 2,581-2,590 of 5,053 items.
  • बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २०५ पुग्यो,२४ जना बेपत्ता

    काठमाडौं/ अविरल वर्षाका कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म २०५ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २०५ जनाको मृत्यु भएको हो । विपदमा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० ज

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले बराहक्षेत्रमा महिला नेतृ सीता भण्डारी ,पदाधिकारी सहित सबै सर्वसम्मत

    धरान । सुनसरीको बराहक्षेत्रको नेकपा एमालेमा महिला नेतृत्व आएको छ । सोमबार सम्पन्न भएको पार्टीको दोश्रो नगरअधिवेशनद्धारा एमाले महिला नेतृ सीता भण्डारी(पौडेल) को नेतृत्व आएको हो ।पौडेल सर्व सम्मत निर्वाचित भएकी हुन् । पौडेलको अध्यक्षतामा पदाधिकारीसहित ६५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा दीपक लिम्बू, सचिवमा देवेन्द्रबहादुर विष्ट, उपसचिवमा खुल्लातर्फ प्रमोद घिमिरे र महिलातर्फ मेनुका लिम्बू निर्विरोध निर्वाचित भएको जनाइएको छ । दुई दिनसम्म चलेको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएको एमाले केन्द्रीय लेखा आयोग सदस्य सदस्य एवम् अबिधेशन अध्यक्ष मण्डल सद

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्गा प्रसार्ईलाई दुई मुद्दा,पाँच वर्ष कैद माग

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ परेको आठौं दिन काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार मुद्दा दायर गरेको हो । प्रसाईविरुद्ध साइबरसम्बन्धी दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध पाँच वर्षसम्म कैद सजाय माग गरिएको छ । प्रसाईको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । प्रसाईंलाई प्रहरीले असोज ६ गते भक्तप

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 786 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुरानो अस्पताल जीर्ण,स्वास्थ्यचौकी प्रभावविहीन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित सो ठाउँमा धरान स्वास्थ्य चौकी सञ्चालनमा छ । उपमहामनगरपालिकाले यस स्थानमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । प्रतिष्ठानको जग्गामा उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्यचौकी प्रभावविहीन बनेको छ । विगतमा वीपी प्रतिष्ठानले विरामीको चाप तथा प्रभावकारगी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर सो क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिडी तथा ल्याव, एक्सरे र अल्ट्रासाउण्ड सु

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 1,042 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न कोशीका मुख्यमन्त्री कार्कीको आग्रह

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले भने, ‘यो चलचित्र हेर्न मौका मिल्यो । यसको प्रमोसनमा कोशी प्रदेश सरकारले के गर्नुपर्छ हामी तयार छौँ ।

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीनै तहका सरकारलाई एमाले कोशीको ध्यानाकर्षण

    विराटनगर/ नेकपा एमाले कोशीले अविरल वर्षाका कारण देशभरमा भएको जनधन तथा भौतिक पूर्वाधारमा भएको क्षतिले देशमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ । असोज ११ र १२ गतेको बर्षाका कारण देशको मुख्य राजमार्गमा भएको क्षतिको कारण यातायात अवरुद्ध भएको हुँदा तत्काल यातायात सुचारु गराउन, घाइतेहरूको तत्काल उपचार गर्न, मृत्यु भएका परिवारमा राहत तथा क्षतिग्रस्त भएका घरपरिवारहरूको पुनस्र्थापना तत्काल गर्न तीनै तहका सरकारको एमाले कोशीले ध्यानाकर्षण गराएको छ । कोशी प्रदेश कमिटीका अध्यक्ष घनस्याम खतिवडाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राहत, उद्धार र पुनर्निर्माणमा जुट्न तिनै तहका सरकार, राजनीतिक दल, संघसंस

    • प्रकाशित मितिः असोज १४, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल गायनको च्याम्पियन निम्तेन्जी

    धरान/ बिद्यार्थीहरुको अन्तरनिहीन प्रतिभाको गायन प्रतियोगिता धरानमा सम्पन्न भएको छ । धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८१, सिजन १ मा डिपोट सेकेन्डरी स्कुल धरान १८ का निम्तेन्जी तामाङ बिजेता बन्न सफल भए । शनिबार धरानको सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेभने सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरे।त्यस्तै पब्लिक मा.बि

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लघुकथा: पाप

    एकाएक आज दिउँसो एउटा फेटा गुथेको भर्भराउँदो अनुहार भएको सरदारजी घरको गेट अघिल्तिर उभिए । उनी कतै घुम्न निस्केका यात्रु होलान् भनेर मैले ठाने । म तिर फर्किएर उनले सोधे “भाइ यो पोखरेलको घर हो?” मैले “हो नि, कसलाई खोज्नु भा हो हजुरले?” भनेको उनी केही नबोली मेरो गेटबाट भित्र छिरे । “बालक, तिमीले बा आमालाई ढाँटेकोमा चिन्ता लिइ रहेको जस्तो लाग्छ नि, हो ? ” भन्दै आगनको पिङमा बसे । यिनले कसरी थाह पाए रु म सोच्न थालेँ । “के भाको थियो भेलोरमा, मलाई सुनाऊ” भने बुढाले । मैले बेलिबिस्तार लगाए “पिताजीको घाँटीबाट खाना निलिन कठीन हुन थालेपछि हामीले दक्ष

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानकै गेट अघि एक करोडको फोरडी अल्ट्रासाउण्ड सञ्चालनमा

    धरान/ दक्षिण एसियाकै प्रतिष्ठित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई चुनौती दिदै प्रतिष्ठानको गेट अघि झण्डै एक करोड बराबरको फोरडी अल्ट्रासाउण्ड(भिडियो एक्सरे) सेवा सञ्चालनमा आएको छ । उक्त फोरडी अल्ट्रासाउण्ड कोशी प्रदेशमा नै पहिलो भएको बिर्तामोड डाइग्नोस्टिक एण्ड पोली क्लिनिकले दाबी गरेको छ । आइतबार क्लिनिकले एक भव्य औपचारिक कार्यक्रम गरी शुभारम्भ गरेको छ । महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस धरान उपमहानगर महिला नेतृ शीला बज्राचायले समुद्घाटन गरिन । क्लिनिकका सञ्चालक नरेन्द्र कुमार देवले कोशी पत्रलाई बताए अनुसार उक्त फोरडी अल्ट्रासाउण्ड पुर्वाञ्चलमै

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 1,264 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अविरल बर्षाको विपत्ती : कोशीमा पहिरो र बाढीले ६ जनाको मृत्यु ,आठ जना बेपत्ता , दुई घाइते

    धरान/ पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम-१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन । उक्त स्थानमा

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 1,063 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved