धरान/यस बर्ष हुने २५ औ बुढासुब्बा गोल्डकप माघ १९गते देखि माघ २६ गते सम्म हुने भएको छ ।
धरान फुटबल क्लबले आज ( साेमबार ) पत्रकार सम्मेलन गरि यस बिषयमा जानकारी दिएको हो।
यश बर्षको प्रतियोगितामा ८० लाख,१० हजार खर्च लाग्ने अनुमान गरिएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकरी दिए।
हामिले ८० लाख १० हजार खर्च हुने अनुमान गरेका छौ उनले भने ।
बुढासुब्बा गोल्डकप प्रतियोगितालाई एउटा उत्सवका रुपमा मनाउने क्लवका अध्यक्ष तामाङले जानकारी दिए।
२४ वटा संस्करण सक्दा आयोजकले हालसम्म उपाधी हात नपारेको विषयमा गम्भीर समिक्षा गदैं यस पटक उपाधी रक्षा गर्ने रणनीतिका साथ आयोजक टिम तयारी गरिएको क्लवका महासचिव नविन राईले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले च्याम्पियन ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।
धरान–१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारत र भुटानको दुई क्लबसहित १० टिम सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामङ्गले जानकारी दिए ।
प्रतियोगितामा सहभागी टिमहरूमा एनआरटि क्लब काठमाण्डौ, चर्च ब्वाईज क्लब लिग च्याम्पियन), नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, ईटहरी जागृती क्लब, यूके एफसी (भारत), मच्छिन्द्र क्लब काठमाडौं, कांकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लब सहभागी हुने अध्यक्ष तामाङले जानकारी दिए ।