कोशीमा कान्तिपुरको बर्चस्व,अब्बल विद्यार्थीलाई विशेष सम्मान

  • पुस ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । विराटनगर–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले कक्षा ११ को वार्षिक परीक्षा,कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाक्लाप अन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकला लगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विशेष सम्मान गरेको छ ।

WhatsApp Image 2024-12-23 at 13.28.31

सोमवार कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति,आंशिक छात्रवृत्ति सहित नगद तथा प्रमाण पत्र प्रदानगरी कलेजले सम्मान गरेको हो ।

कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान सङ्कायतर्फ प्रथम, द्धित्तीय र तृतीय हुने राजनारायण महतो, विजय यादव र करुणा कुमारी साह, व्यवस्थापन सङ्कायबाट अर्पण सिवा, सरिताकुमारी साह र प्रिज्मा दाहाल तथा होटेल व्यवस्थापन सङ्कायतर्फबाट कोशिका कोइराला, असिन अधिकारी र क्रिश्चल घिमिरेलाई पूर्ण छात्रवृत्ति सहित मेडिकल, इन्जिनियरिङ्ग, सिम्याट लगायतका पुस्तकहरु साथै प्रमाणपत्रले सम्मान गरिएको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

WhatsApp Image 2024-12-23 at 13.28.18

त्यस्तै गरी प्रथम त्रैमासिक परीक्षामा कक्षा १२ तर्फ विज्ञान सङ्कायबाट प्रथम, द्धितीय र तृतीय हुने राज नारायण महतो, प्रिन्सन श्रेष्ठ र विजय यादव, व्यवस्थापन सङ्काय तर्फ  निशिका खरेल, प्रिज्मा दाहाल र आयुष्मा थापा, होटेल व्यवस्थापन तर्फ असिन अधिकारी, सुभम झा र एलिसा कार्की तथा कक्षा ११ विज्ञान सङ्कायतर्फ प्रियङ्का चौधरी, प्रशान्त चौलागाइँ, सिर्जिक घिमिरे, व्यवस्थापन सङ्कायतर्फ नितेश कुमार मण्डल, स्वेता कुमारी दास र योगेश मगरलाई अविर, माला र प्रमाणपत्रले सम्मान गरिएको थियो।

त्यस्तै गरी मेडिकल इन्जिनियरिङ् सिइइ मक टेस्टमा प्रथम हुने राजनारायण महतो, दित्तीय हुने करुणा कुमारी साह र तृत्तीय हुने विजय यादवलाई पनि सम्मान गरिएको थियो । यसरी प्रत्येक हत्ता लिने तयारी परीक्षाबाट मेडिकल, पारामेडिकल, इन्जिनियरिङ् तथा आइ.टी.को क्षेत्रमा धेरै विद्यार्थीहरुले नाम निकालेर अध्ययन गरिरहेको विज्ञान सङ्काय कोडिनेटर हिमालय बरालले बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ,निबन्ध लेखन,कबिता वाचन,वक्तृत्वकला आदि विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित प्रमाणपत्रले सम्मन गरिएको व्यवस्थापन सङ्काय कोर्डिनेटर रोशन राजवंशीले बताउनुभयो ।

पढाइ मात्र नभइ सामाजिक दायित्व, सिप एवम् संस्का रसहितको शिक्षा आत्मसाथ गर्न मानव सेवा आश्रम, बालगृह, औद्योगिक भ्रमण, खेलकुद लगायतका क्षेत्रमा कान्तिपुरका विद्यार्थीहरु सहभागी हुने र प्रत्यक्ष ज्ञान हासिल गर्ने कुरा राजवंशीले बताए ।

उक्त कार्यक्रममा  अध्यक्ष खुशीराज क्षेष्ठ, प्राचार्य भुवन नेपाल, कोडिनेटर द्धय हिमालय बराल र रोशन राजवंशी, निर्देशकहरु डा।जनक अधिकारी, कृष्ण भण्डारी, सन्तोष कुमार भगत, प्रदीप कुमार दास, जे।वी मगर, जयनाथ यादव, विषणु दाहाल, शंकर काफले, देवीलाल महतो, श्यामनारायण शाह, धिजनवावु काफले, विवेक आचार्य लगायत शिक्षक शिक्षिकाहरुको सहभागीता थियो ।

कोशी प्रदेशको राजधानी विराटनगरमा कान्तिपुर कलेज गुणस्तरीय शिक्षामा क्रियाशिल हुदै अगाडि बढेकाले सर्वाधिक विद्यार्थीको रोजाइमा परेको साथै पढाइ,अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत सधै अब्बल सावित भएको प्रिन्सिपल भुवन नेपालले बताए ।

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved