धरान एक्सपो महोत्सवको तयारी तीब्र

  • पुस ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तारमा गर्ने उद्धेश्यका साथ धरान एक्सपो( २)८१ हुने भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गते देखि हुने भएको हो । माघ ५ गते सम्म चल्ने एक्पोमा १सय ४२ वटा स्टल रहने आयोजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

एक्स्पोमा कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १) करोड बराबरको कारोबार हुने एक्स्पो का मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छझ मुल संयोजक श्रेष्ठले भने , एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभुति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेटेका छौ ।

उनले धरान एक्स्पो भएकाले यसमा स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता दिइएको बताउदै एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका समेत स्टल रहने छन (पर्यटन, स्वास्थ्य, साहित्य संग सम्बन्धी स्टल पनि रहेको वताए ।

एक्स्पोमा पर्यटन, कृषी, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग  गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको संघका महासचिव महेन्द्र प्रधानले वताए ।

एक्स्पो मा नेपालको कोशि प्रदेश सगै देशभरवाट मात्र नभई भारत , पाकिस्तान , भुटान लगाएतका ठाउवाट दैनिक दुई हजारले अवलोकन गर्ने अनुमान रहेको संघका अध्यक्ष विजय श्रेष्ठ ले जानकारी दिए ।

धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने, ब्यापारी, उद्यमी ब्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारीक, व्यवसायीक शाख पुनर्जिवित गर्न एक्स्पोले योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

संघले एक्स्पोलाई सफल बनाउन ५)१ सदस्य रहेको आयोजक समिती बनाएको छ । एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहयोगमा हुन लागेको हो ।

हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतीक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved