धरान .कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घर अगाडी शंकास्पद वस्तु भेटिएको छ । झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको जनाइएको छ भने उक्त वस्तुको बारे वुुझ्न नेपाली सेनाको टोली घट्ना स्थल पुगेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मुख्यमन्त्री कार्की आज बिहान विराटनगर
काठमाण्डौ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकका छन। त्यसैगरि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।४४ रिक्त पालिका पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो । आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्
धरान/ बराहक्षेत्रको कोशी किनारामा एक महिलाको शव फेला परेपनि उनको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार शुक्रबार दिउँसो करिब ३ बजेको समयमा बराहक्षेत्र नगरपालिका ९ धरहरा टप्पनस्थित कोशी नदीको किनारमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव फेला परेको हो । मंगोलियनजस्तो देखिने ती मलिाको उमेर अन्दाजी ५५ वर्ष रहेको प्रहरीको अनुमान छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शव सडेगलेको भएकाले पहिचान गर्न समस्या भइरहेको प्रहरीको भनाइ छ ।
झापा । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका लागि सशस्त्रले नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका चारवटा सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्ट (बिओपी)हरु तैनाथ रहेका सशस्त्र प्रहरी बल २ नं गण चन्द्रगढीका सूचना अधिकारी मदन रसाइलीले जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै अ
झापा/ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । ‘गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं’, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भने ।इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले
किमाथाङ्का/ सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ । उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेक
सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाका–१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप–प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गरेका हुन् । नव निर्मित भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भ
विराटनगर/ ईन्जिनियरिङग , अस्पताल व्यवस्थापान र फार्मेसी तर्फ दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्न उच्च शिक्षा सञ्चालन गर्दै आएको मनमोहन प्राविधिक विश्विद्यालयले अब देशमै पहिलो पटक नयाँ पाठयक्रममा आधारित विबिए एलएलएम र क्रिमिनल कानुनमा स्नातोकोत्तर कक्षा संचालन गर्दैछ । कोशी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले यही पुसदेखी पढाई सुरु हुनेगरि ४५ जनाको कोटामा विविए एलएलवी र माघदेखी अपराध कानुननममा स्नातोकोत्तर (एलएलएम) को पढाई संञ्ञचालन गर्न लागेको हो । मनमोहनले एप्लाईड साईन्स टेक्नोलोजि एण्ड ल स्कुल अन्तर्गत ‘मनमोहन ईन्स्टिच्युट अफ ल&
धरान/ धरानमा १३ औं राष्ट्रिय कर दिवसको सप्ताहको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धरानको आयोजनामा ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ मंसिर १ गतदेखि ७ गतेसम्म राष्ट्रिय कर सप्ताहको आयोजना गरिएको छ । सो अवसरमा उद्योगी तथा व्यवसायीहरुले कर प्रशासनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक ‘टचर’ दिने र राज्यको ८० प्रतिशत भन्दा बढी कर बुझाउदा समेत सधै उपेक्षित हुनुपर्ने अवस्था रहेको गुनासो पोखेका थिए । कर सप्तामा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले राजस्व संकलनमा उद्योग व्यवसायीको ठूलो हात रहेको बताए उनले उद्योगी व्यगसायीले तिरेको
काठमाडौं/ देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक&ndash