"बिजिनेश एक्स्पो"धरानमा तीन हजार मोडलका जुत्ता १५ देखि ५० प्रतिशत छुट

  • माघ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आजबाट सञ्चालन हुने बिजिनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु राखिनेछन् । 

धरान रंगशालामा शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्युनतम ३ सयदेखि धिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । 

विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले बताउनुभयो ।

हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसंग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम्म उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यान दिन्छौं श्रेष्ठले भन्नु भयो । 

एक्स्पोमा विएफ डियर हिल, विएफ स्पोर्टस, स्मार्ट सुज, फस्टवाक सुज, सुजल्याण्ड र रन सुज ब्राण्डका जुत्ताहरु रहने फुटवेयर एशोसिएशनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो ।

वहाँले भन्नुभयो एक्स्पोमा रहेका २५ स्टल बराबरका अलग्गै स्थान तयार गरेर डिस्प्लेमा जुत्ताका ब्राण्डहरु प्रस्तुत गरि उपभोक्ताहरुलाई सहज विक्रि गरिने बताउनुभयो ।

अधिकांश कम्पनीहरु पुराना र स्थापित भएकाले कोशीका जनतामा कुनै गुनासो आउननदिने गरी सेवा दिन्छौं घिमिरेले बताउनुभयो । 

एक्स्पोमा विक्रिका लागि ल्याएएका जुत्ताहरु स्कुलका बालबालिकाहरु, क्याजुअल, पार्टी सुज, स्पोर्टका बच्चादेखि वृद्धबृद्धासम्मका लागि ३ हजार प्रकारका जुत्ताहरु राखिने फुटवयर एशोसिएशनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

वहाँले भन्नुभयो हामीले विक्रि गरेका उत्पादनहरुमा ५ महिनाको वारेन्टि, विक्रिपछि सेवाहरु दिन्छौँ । जुत्ताको सोल भाचिए अर्को सुल लगाइदिन्छौं उपाध्यायले भन्नुभयो । 

वहाँले भन्नुभयो धरानलाई प्राथमिकता दिँदै सबै ब्राण्डका सञ्चालकहरु धरानमै छौँ हामी एक्स्पो मात्रै होइन त्यसपछिपनि धरान र कोशीलाई हाम्रो उत्पादनसंग जोडिरहन चाहान्छौं ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved