धरान एक्स्पोमा आज राई इज किङको प्रस्तुति

  • माघ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी विजिनेश एक्स्पो धरानको पहिलो दिन आज राजेशपायल राईको एकल प्रस्तुति हुने भएकोछ ।

शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईले एकल प्रस्तुति हुने छ । 

राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । धरान भनेपछि हुरुक्कै हुने राईले पछिल्लो एक वर्षयता धरानमा एकल प्रस्तुति दिने समय पाएका थिएनन् ।

भर्सटायल गायक राई स्टेजका पनि किङ नै मानिन्छन् । धरानमा हुने राजेशपायल राईका सबै कार्यक्रमहरुले दर्शकहरुको साथ पाउँदै आइरहेको छ ।

सांगीतिक संघर्षका सुरुवाती दिनहरु धरानबाटै थालेका राई करिव साढे तीनदशक नेपाली गीत संगितको शिर्षस्थानमा राज गरिरहेकाछन् । 

आज एक्स्पोको उद्घाटनका दिन राईले मैले मायाले दिएको चिनो लगायत उनका पछिल्लो चर्चाको शिखरमा रहेका दर्जनौ गीतहरुबाट एक्स्पोमा आउने आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन् । 

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved