स्थानीय

    Showing २,३६१-२,३७० of ५,३४८ items.
  • झापामा पहिलो पटक प्रविधियुक्त मेसिनरी धान खेती: ४८ विगाह जमिनमा नयाँ प्रयोग

    झापा/  झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गर्दै यसबर्ष ४८ विगाह जमिनमा परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरी प्रविधिले सस्तो लागतमा उत्पादन वृद्धि हुने भएकाले किसानलाई प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले प्रविधियुक्त खेती प्रदर्शन कार्यक्रम अघि बढाइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए।  मेसिनरी खेतीको नयाँ युग  स्थानीय पालिकाहरुको सहकार्यमा किसान समूह छनोट गरी हर्दिनाथ–१ जातको चैते धानको ब्याड राख्ने काम तीव्ररूपमा भइरहेको विष्टले बताए। छनोट गरिएका किसान समूहहरूमध्ये माईपश्चिमतर्फ गौरीगञ

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • २,०८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

    झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ८५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कर कार्यालयको व्यवसायलाई चिठ्ठी आतंक

    धरान/ आन्तरिक राजस्व कार्यालय धरानले धरानका व्यापारी तथा व्यवसायीहरुलाई अनावश्यक दुःख दिने अभिप्रायले चिठ्ठी आतंक मच्चाएपछि अहिले धरानका व्यापारी व्यवसायीहरु त्रसित बनेका छन् । यही विषयलाई लिएर व्यापारीहरुको साझा संस्था उद्योग वाणिज्य संघ धरानमा सर्वपक्षीय छलफल समेत राखिएको थियो । आन्तरिक राजस्व कार्यालय धरानले मेनुअल सिस्टमलाई अपग्रेट नगरी आफूखुशी लाखौ रुपैयाँ कर दाखिला गर्न बाँकी रहेको भन्दै मनपरी ढंगले रकम उल्लेख गरी व्यवसायीहरुलाई रकम दाखिलाका निम्ति यतिबेला चिठ्ठी आतंक नै मच्चाएको छ । आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता नगरिएको अवधि समेत उल्लेख गरी आइटी सिस्टम भन्दा अगा

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • १,११८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका प्रा.डा. टंकप्रसादलाई कोशी एक्सिलेन्स अवार्ड

    इटहरी । कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तरगत शिक्षा विधाको अवार्ड प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उनको अवार्ड इटहरी स्थित जनता बहुमुखी क्याम्पसका सहप्राध्यापक टोलनाथ काफ्लेले ग्रहण गरे । २००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावा

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ५९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेण्ड अवार्डमा धरानका ज्वाला सहित एक दर्जनलाई सम्मान

    धरान । इटहरीमा प्रदेश खबर डटकमको बार्षिकोत्सवको अवसर पारेर धरानका अग्रज पत्रकार एवम् मजदुर नेता भीम ज्वाला राई सहित एक दर्जनलाई आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका छन् ।   कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री कार्कीले ज्वाला सहित नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला,, सम्मानित हुनेमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू , अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउन

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ८३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवाहरु विदेसिने क्रम बढ्दै जाँदा चौतर्फी चिन्ता व्यक्त

    धरान/  उच्च शिक्षाका लागि बर्सेनि लाखौं नेपाली विद्यार्थी विदेशिनु गम्भीर चिन्ताको विषय बनेको छ। अभिभावक, शिक्षकदेखि सरकारका नीति निर्मातासम्मले यसलाई गम्भीर रूपमा लिँदै आएका छन्। मंगलबार धरान-१६ स्थित लिगामेन्ट रेसिडेन्सियल स्कुलको ११औं अभिभावक दिवसमा पनि यही विषय प्रमुख बहसको केन्द्र रह्यो। कार्यक्रमको उद्घाटन गर्न पुगेका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले विद्यार्थी विदेशिनु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको बताए। उनले अभिभावकलाई आफ्ना सन्तानलाई स्वदेशमै अध्ययन गराउन प्रेरित गर्न आग्रह गरे। उनका अनुसार, खाडी, युरोप र अन्य मुलुकतर्फ युवापु

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ४४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश प्रिमियर लिगः धनकुटाको देउराली शिर्ष स्थानमा

    धरान/ धरानमा जारी प्रदेश प्रिमियर लिगमा धनकुटाको देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार धरान रंगशालमा भएको खेलमा पाँचथरको पाँचथर युनाइटेडलाई ७–० ले पराजित गरेसँगै ४ अंक सहित देउराली युथ क्लब शिर्ष स्थानमा उक्लिएको हो । समान ४ अंक भएको उदयपुरको गाईघाट फुटबल क्लब भने गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । देउरालीकालागी समिर लिम्बूले ह्याट्रिक गरे भने दिपेन शाक्यले २ गोल तथा विरेन लिम्बू र ज्ञानेन्द्र भण्डारीले एक एक गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका समिर लिम्बूले नगद ५ हजार पुरस्कार प्राप्त गरे । देउराली युथ क्लबले खेलको सुरुवातदेखि नै पाँचथरलाई दबाबमा राखेको

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ९१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सनसनीपूर्ण जित, डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज बाहिरियो

    सुनसरी/  डिफेन्डिङ च्याम्पियन चर्च ब्याइज युनाइटेड कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ। मंगलबार भएको क्वार्टरफाइनलमा धरान फुटबल क्लबले चर्च ब्याइजलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। खेलको ४६औं मिनेटमा दोर्जे तामाङले धरानलाई अग्रता दिलाए। दोस्रो हाफको १२औं मिनेटमा विवेक राईको निर्णायक गोलपछि धरान बलियो स्थितिमा पुग्यो। खेलको अन्तिम समयमा चर्च ब्याइजका अनन्त तामाङले हेडर गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। (आज)बुधबार पहिलो सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)भारत र मछिन्द्र फुटबल क्लब, काठमाडौं भिड्ने

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १,००६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रजातन्त्र दिवस आज देशभर मनाइँदै

    काठमाडौँ/  नेपालभर आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस विशेष रूपमा मनाउने गरिन्छ। यस अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा झण्डोत्तोलन, तोपको सलामी तथा प्रजातन्त्र प्राप्तिमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। देशका विभिन्न स्थानमा पनि र्याली, दीप प्रज्वलन, गोष्ठी, तथा अन्य कार्यक्रम आयोजना गरि

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ४७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका एसपीलाई आयो यस्तो खुल्ला पत्र (हेनुहोस्)

    एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • १,४५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved