युवाहरु विदेसिने क्रम बढ्दै जाँदा चौतर्फी चिन्ता व्यक्त

  • फागुन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  उच्च शिक्षाका लागि बर्सेनि लाखौं नेपाली विद्यार्थी विदेशिनु गम्भीर चिन्ताको विषय बनेको छ।

अभिभावक, शिक्षकदेखि सरकारका नीति निर्मातासम्मले यसलाई गम्भीर रूपमा लिँदै आएका छन्।

मंगलबार धरान-१६ स्थित लिगामेन्ट रेसिडेन्सियल स्कुलको ११औं अभिभावक दिवसमा पनि यही विषय प्रमुख बहसको केन्द्र रह्यो।

कार्यक्रमको उद्घाटन गर्न पुगेका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले विद्यार्थी विदेशिनु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको बताए। उनले अभिभावकलाई आफ्ना सन्तानलाई स्वदेशमै अध्ययन गराउन प्रेरित गर्न आग्रह गरे।

उनका अनुसार, खाडी, युरोप र अन्य मुलुकतर्फ युवापुस्ताको पलायन तीव्र भएपछि नेपालमा युवा शक्तिको खडेरी पर्न थालेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार, पछिल्लो १० वर्षमा ६ लाख ३९ हजार भन्दा बढी विद्यार्थी विदेश गइसकेका छन्।

पछिल्ला तीन वर्षमा मात्रै हरेक वर्ष एक लाखभन्दा बढीले विदेशमा अध्ययन गर्न एनओसी लिएको तथ्यांक देखिन्छ।

विद्यार्थी पलायन रोक्न सरकारले ठोस नीति ल्याउनुपर्ने र अभिभावकहरूले पनि दीर्घकालीन असरबारे सचेत हुनुपर्ने मन्त्री राईले जोड दिए। नेपालमै अवसर सिर्जना गर्न सकेमा विद्यार्थीको पलायन रोक्न सकिने उनको धारणा थियो।

अब प्रश्न उठ्छ – के सरकारले अबको पुस्तालाई नेपालमै अध्ययन र अवसरको विश्वास दिलाउन सक्छ?

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved