धरानका प्रा.डा. टंकप्रसादलाई कोशी एक्सिलेन्स अवार्ड

  • फागुन ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । कोशी एक्सिलेन्स अवार्ड २०८१ अन्तरगत शिक्षा विधाको अवार्ड प्रा.डा टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा न्यौपानेलाई प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले वरिष्ठ भाषाविद् न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

उनको अवार्ड इटहरी स्थित जनता बहुमुखी क्याम्पसका सहप्राध्यापक टोलनाथ काफ्लेले ग्रहण गरे । २००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावारिधिको शोध निर्देशकको रूपमा समेत कार्यरत रहेका छन् ।

सुनसरीको धरान १४ स्थित विजयपुरमा स्थायी बसोबास गर्दै आएका न्यौपानेले कृष्णप्रसाद भट्टराई (किसुन जी) सँग समेत जेल जीवन बिताएका छन् । २०५८ सालमा नै आठपहरिया राईहरूको भाषामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका न्यौपानेका दर्जनौँ कविता, गीत, निबन्ध, नाटक, समालोचना समेत रहेका छन् ।जेल जीवनमै रहँदा लेखिएका खण्डकाव्यहरू किसुनजीलाई सुनाउने गरेको समेत उनी बताउँछन् ।

देशकै प्रतिष्ठित भाषाविद् समेत रहेका न्यौपाने भन्छन्, ‘म त आफूसँग भएको विद्या आफैसँग राख्नुभन्दा अरूहरूलाई बाँड्ने गर्दछु ।’ शैक्षिक उन्नयन तथा शिक्षाको सर्वाङ्गीण विकासका निम्ति अविराम रूपमा पु¥याएको भूमिकाको उच्च सम्मान गर्दै शिक्षा विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा कोशी एक्सिलेन्स अवार्डको आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved