स्थानीय

    Showing २,२२१-२,२३० of ५,३४८ items.
  • गोधुली रनिङ कप : १४ नं. र ४ नं. वडा विजयी

    धरान/२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आइतबार सम्पन्न खेलमा १४ नं. वडा र ४ नं. वडा विजयी भएका छन्। धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत पहिलो खेलमा १४ नं. वडाले ९ नं. वडालाई २–१ को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। १४ नं. वडाका निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाए। खेलको अन्तिम मिनेटमा ९ नं. वडाका लेशन राईले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच १४ नं. वडाका निमेष तामाङ घोषित भए। त्यस्तै, दोस्रो खे

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ६९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

    धरान/ ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ । किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ सस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिइन् । प्रशिक्षण कार्यक्रमको सहजिकरण किरात प्रज्ञा परिषद्का सदस्य एबम किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन धरा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ६२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा फेरी लफडा , जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकले मारेको आरोप

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जुम्ल्याहा बच्चाको गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्त जनले लगाएका छन् । प्रतिष्ठानमा धरान १५ की ३० बर्षीया सबिना श्रेष्ठको जुम्ल्याहा बच्चा गर्भमै चिकित्सकको लापारवाहीका कारण मृत्यु भएको आरोप आफन्तजनले लगाएका हुन् । सुत्केरी व्यथाले थलिएपछि चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठ शुक्रबार अस्पताल भर्ना भएकी थिएन् । शनिबार अस्पतालमा उनको जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चा गर्भमा एउटा वच्चाको मृत्यु भएको भने्र चिकित्सकले बताएका थिए भने अर्को बच्चा ज्यूँदै रहेको भनी अप्रेसन गरेका थिए । तर अप्रेसन गर्दा पेटमा दुवै बच्चा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • १,६८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसियाली राजमार्ग स्तरोन्नति सुस्त, १५ प्रतिशत मात्र प्रगति

    झापा/  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वी खण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। एसियाली विकास बैंक (ADB) को सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डको स्तरोन्नति गरिरहेको हो। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाए पनि हालसम्म सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए। उनका अनुसार तोकिएको समयअनुसार हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा बढी प्रगति भइसकेको हुनुपर्ने थियो। ढिला

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ७६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेस चौतारीको १०औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु, नयाँ नेतृत्व चयन हुँदै

    विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु भएको छ। विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भएपछि महासचिव पोखरेलले उद्घाटन गरेका हुन्। पोखरेल शनिबार नै विराटनगर आइपुगेका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ५५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकप : द योङ ब्रदर्स इटहरीको ऐतिहासिक उपाधि

    चतरा/ भरौल गोल्डकपको आठौं संस्करणमा द योङ ब्रदर्स क्लब इटहरीले आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ। नेपाल पुलिस फुटबल क्लबलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै योङ ब्रदर्सले पहिलो पटक प्रतिष्ठित उपाधि उचाल्यो। गोलरहित संघर्ष, टाइब्रेकरमा निर्णय दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। पेनाल्टी सुटआउटमा नेपाल पुलिस क्लबका खेलाडीहरूको कमजोर प्रदर्शनको फाइदा उठाउँदै योङ ब्रदर्सले ३-१ को सहज जित निकाल्यो। विजेताको गौरवशाली यात्रा उपाधिसँगै योङ ब्रदर्स क्लबले नगद ४ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्यो

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ७७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कप : १५ नं. वडा क्वाटर फाइनलमा

    धरान /२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडाले विजयी सुरुवात गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ। शनिबार धरान रंगशालामा भएको खेलमा १५ नं. वडाले ८ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। गत वर्ष अनुशासनको कारबाहीका कारण प्रतियोगितामा सहभागी हुन नसकेको १५ नं. वडाले यस पटक बलियो प्रदर्शन गर्दै पहिलो खेलमै जीत हात पार्‍यो। पहिलो हाफको २५ औं मिनेटमा ८ नं. वडाका एरिक गुरुङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ३९ औं मिनेटमा ८ नं. वडाका निवास मगरले आत्मघाती गोल गरेपछि १५ नं. वडाले आफ्नो अग्रता दोब्बर बनायो। खेलमा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ८६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोलीदेखि विराटनगरमा प्रेस चौतारीको केन्द्रिय महाधिवेशन,अध्यक्षमा पाण्डे र राई भिड्ने संभावना

    धरान । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । चौतारीको अध्यक्षमा लडने भन्दै गणेश पाण्डेले दिए पार्टी जिम्मेवारीवाट राजिनामा अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्दैछन् । संगठनले पाहुना

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ७४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगे, गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा

    काठमाडौं/  पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा पुगेका छन्। उनले शुक्रबार गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका हुन्। राजसंस्था पुनःस्थापनाको बहस चलिरहेका बेला पूर्वराजाको गोरखा यात्रा विशेष चासोको विषय बनेको छ। शनिबार बिहान करिब १० बजे गोरखनाथ मन्दिर पुगेका शाहले करिब दुई घण्टासम्म पूजाआराधना गरेका थिए। पूजापछि उनले ऐतिहासिक गोरखा दरबारको समेत अवलोकन गरे। मन्दिरमा दर्शन गर्दा राजा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको लागि गोरखनाथ बाबाबाट आशिर्वाद प्राप्त भएको जनविश्वास रहिआएको छ। पूर्वराजा शाहको यो यात्रा विभिन्न कोणबाट हेरिएको छ। पछिल्लो समय नेपालमा राजसंस्थाको पुनःस्थापनाको माग उठ

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ८०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई जना पक्राउ

    झापा/  झापामा सशस्त्र प्रहरीले १६३६ किलो गाँजा र दुईवटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाइबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखिएको १६३६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजासहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगा

    • प्रकाशित मितिः चैत ९, २०८१
    • ५५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved