प्रेस चौतारीको १०औं राष्ट्रिय महाधिवेशन विराटनगरमा सुरु, नयाँ नेतृत्व चयन हुँदै अध्यक्षमा राई र पाण्डे प्रतिस्पर्धी

  • चैत १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि विराटनगरमा सुरु भएको छ।

विराटनगरको होटल मनास्लु इनमा महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरेका छन्।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलका अनुसार देशभरबाट ९०० प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन विराटनगर आइपुगेका छन्।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भएपछि महासचिव पोखरेलले उद्घाटन गरेका हुन्। पोखरेल शनिबार नै विराटनगर आइपुगेका थिए।

अध्यक्षमा राई र पाण्डे प्रतिस्पर्धी

चौतारीको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डे प्रतिस्पर्धामा छन्।

हालै एमालेको प्रचार सचिवमा नियुक्त भएका पाण्डेले उक्त पदबाट राजीनामा दिएर अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

राई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् भने पाण्डे सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा छन्।

स्रोतका अनुसार ओलीले पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिए पनि बहुसंख्यक प्रतिनिधिहरू निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन्।

सचिव लुइँटेलले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरिने बताए।

‘भरसक सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ, तर त्यो सम्भव नभए निर्वाचन प्रक्रियाबाट अघि बढ्नेछ,’ उनले भने।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved