धरानमा किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

  • चैत १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण आज (शनिबार) देखी धरानमा सुरु भएको छ ।

किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित यलम्बर सग्राहलय भवनको सभाहलमा प्रशिक्षण सुरु भएको हो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ सस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिइन् ।

प्रशिक्षण कार्यक्रमको सहजिकरण किरात प्रज्ञा परिषद्का सदस्य एबम किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले गरेका थिए ।

कार्यक्रममा बोल्र्दै प्रमुख अतिथी बेघाले सबै जातीको भाषा, धर्म, सस्कार, सस्कृतिको सरक्षण गर्ने दायित्व तीनै तहको सरकारको भएको बताए ।

लामो समय जनताको त्याग बलिदानीबाट लडेर आएको अधिकारलाई सरक्षण गर्दै लानुपर्ने बताए ।  

यस्तै, किराया सुनसरी अध्यक्ष राजेन्द्र राईले भाषा बोले पनि लिपि नबुझ्दा भाषा लोप हुने अवस्था रहेका बताए ।

उनले पुस्तानतरण गर्दै लानको लागि लिपि बुझ्नु जरुरी रहेको भन्र्दै प्रशिक्षण कार्यक्रममले भाषा, सस्कृतिको जगेर्नामा ठुलो सहयोग पुग्ने बताए ।

उनले धरान उपमहानगरले जातीय सस्थाहरुलाई बजेट विनियोजन गर्दा जनसख्याको आधारमा गर्नुपर्ने सुझाब समेत दिए । किरात सिरिजङ्गा लिपिको बारेमा समुदाय स्तरसम्म ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको किराया धरान नगर समितिका अध्यक्ष लिला राईले बताइन् ।

सामान्य रुपमा भाषा बोलेपनि लिपि नबुझ्दा पुस्तान्तरणमा समस्या भएको उनको भनाई थियो ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved