एसियाली राजमार्ग स्तरोन्नति सुस्त, १५ प्रतिशत मात्र प्रगति

  • चैत १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

झापा/  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टादेखि पाडाजुँगीसम्म निर्माणाधीन पूर्व-पश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वी खण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ।

एसियाली विकास बैंक (ADB) को सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डको स्तरोन्नति गरिरहेको हो।

एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाए पनि हालसम्म सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए।

उनका अनुसार तोकिएको समयअनुसार हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा बढी प्रगति भइसकेको हुनुपर्ने थियो।

ढिलाइले समयमै निर्माण सकिनेमा आशंका

एभ्रास्कन कालिका जेभीले २०८० कात्तिक २ गते नेपाल सरकारसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८३ माघ १९ गतेभित्र निर्माण सक्नुपर्नेछ।

तर, पहिलो वर्षमा १२ प्रतिशत मात्र प्रगति भएको र हालसम्म पनि उल्लेखनीय सुधार नआएको भन्दै आयोजना प्रमुख पन्तले निर्माण कम्पनीलाई गति बढाउन निर्देशन दिएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गरेका थिए।

कल्भर्ट र पुल निर्माण पनि सुस्त

हाल सडक खण्डमा कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ। कुल १४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम सम्पन्न भएको छ भने १८ वटा साना पुलमध्ये १७ वटाको निर्माण कार्य जारी छ। तर, पुल निर्माणको प्रगति १३ प्रतिशत मात्र छ।

कनकाई, बिरिङ र निन्दा खोलाका पुलको ठेक्का भने अर्को कम्पनीलाई दिइएको छ।

समयमै काम सक्न दबाब

बर्खा लाग्नुअघि निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइएको पन्तले बताए। चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ।

सडक खण्डको चारआली जंगल क्षेत्रमा ‘इलिफेन्ट अन्डर पास’ को निर्माण कार्यसमेत तीव्र गतिमा भइरहेको छ। वन्यजन्तुमैत्री पूर्वाधार निर्माण मापदण्डअनुसार साढे ६ मिटर उचाइ र १५ मिटर लम्बाइको ‘इलिफेन्ट अन्डर पास’ बनिरहेको छ, जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुनेछ।

लागत र स्रोत

यो आयोजनाका लागि एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँको ठेक्का लगाइएको छ। निर्माण कार्य सुस्त हुँदा तोकिएको समयमा सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ।

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved