स्थानीय

    Showing 1,681-1,690 of 5,049 items.
  • धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

    धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

    धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ । बिहानै उठेर गोठ जानुअघि यहाँका किसानहरुलाई बारीको तरकारी स्याहार्ने बानी परिसकेको छ । उत्पादन यति बढेको छ कि अब गाउँलेको तरकारी शहरका हाटबजार पुग्न थालेको छ ।    आत्मनिर्भरतातिरको यो यात्रा बीउको माटोसँगै सुरु भयो, जसले अहिले गाउँको जीवनशैलीमै परिवर्तन ल्याइरहेको छ, अनि गाउँको जीवनमै मिठास छरिँदैछ । बिहान घाम नउदाउँदै बराहक्षेत्र नगर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

    विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 3,571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरको चुलाचुली गुफा प्रचारको पर्खाइमा

    भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–४, दलगाउँस्थित दिपेनीमा रहेको ऐतिहासिक चुलाचुली गुफा प्रचारको अभावमा ओझेलमा परेको छ। हेर्दा नै अनौठो लाग्ने, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो स्थल संरक्षणको काम भइरहे पनि पर्यटकीय रुपमा चिनिन सकेको छैन। गुफा भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। यस कारण पनि यो स्थान देश–विदेशमा व्यापक प्रचारप्रसार हुन नसकेको स्थानीय अनिल राई बताउँछन्। उनका अनुसार गुफामा प्रवेश गर्दा विभिन्न देवीदेवताका आकृतिहरू, हात्तीको सुड, गाईको थुन, नागका चित्र जस्ता आकृतिहरू देख्न सकिन्छ। साथै, वरपरका ढुङ्गा खोलाका बगर झैँ कुदिएका छन्, जुन प्राकृतिक रू

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँचथर–ताप्लेजुङ सडक पुनः अवरुद्ध, तमोर करिडोरमा आवागमन ठप्प

    पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकखण्ड फेरि अवरुद्ध भएको छ। शुक्रबार बिहान आएको बाढीले वैकल्पिक रूपमा राखिएका ह्युम पाइपहरू बगाएपछि सडक सञ्चालन ठप्प भएको हो। पहिल्यै बेलिब्रिज बगाएपछि हेवां खोलामा असोज १२ गतेदेखि ह्युम पाइप राखेर डाइभर्सनमार्फत यातायात सञ्चालनमा ल्याइएको थियो। तर, नयाँ बाढीले ती पाइपहरू बगाएपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। फिदिम र हिलिहाङ गाउँपालिकाको सिमानामा पर्ने खोलाको डाइभर्सन बगाएपछि सवारीसाधनलाई लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको स्थानीय राम माझीले जानकारी दिए। तमोर करिडोर आयोजनाका प्रमुख प्रदीप निरौलाले स्कावेटरको सहयोगमा ह्युम

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 1,100 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मादक पदार्थ सेवनपछि खुकुरी प्रहार, एक जना घाइते

    इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार राति मादक पदार्थ सेवनपछि सामान्य विवादले उग्र रूप लिएपछि खुकुरी प्रहार भएको छ। घटनामा परेर एक जना घाइते भएका छन्। रामधूनी–५ निवासी ३५ वर्षीय सन्देश दोङ तामाङ र २७ वर्षीय रोशन अधिकारीबीच मादक पदार्थ सेवनकै क्रममा सामान्य भनाभन भएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विवाद चर्किएपछि तामाङले खुकुरी प्रहार गरेका थिए। प्रहारबाट अधिकारीको बायाँ हातका दुई औंला र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनलाई तत्काल झुम्कास्थित साई हस्पिटलमा पुर्‍याइएपछि सामान्य उपचार गरी डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय झुम्काले जनाएको छ। अधिकारीको अवस

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 1,604 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सिसी क्यामेरामा कैद भयो दुर्घटना

    विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना बिहीबार राति ११ः१५ बजे उर्लाबारी नगरपालिका–३ स्थित पुरानो मङ्गलबारे क्षेत्रमा भएको हो। पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ गइरहेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। ट्याङ्करमा चिनी मिलबाट लोड गरिएको छुवा रहेको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ निवासी ३६ वर्षीय मनकुमार लिम्बूको ब

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 948 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशको विकास श्रमदानबाटै हुन्छः मेयर साम्पाङ

    इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले श्रमदान जहाँबाट थालेको छु इलाममा अब मैले थालनी गरेको ठाउँमा भन्दा धेरै श्रम दान हुन्छ भन्ने विश्वास रहेको बताए । स्वतन्त्र नागरिक समाज इलामले बिहीबार इलाम चोक बजारमा आयोजना गरेको कार्यक्रममा उनले हामी नयाँ सोचमा छौ तर व्यवस्था अनुसार कानुन बनाउने ठाउँमा जाँदा हामी चुनाव लडेरै जानु पर्छ । कानुन बनाउने ठाउँमा पुगेपछि हप्तामा चार दिन मात्रै कार्यालय र विद्यालय खुला हुन्छ अरू दिन श्रम दान चल्छ’ उनले भने श्रमदानबाट कृर्षिमा परिवर्तन गर्न सकिन्छ । उनले आफू नेता नभएको र खासै बोल्न आउँदैन भन्दै मेरो मुखबाट निस्कने शब्द जनताका दुख र सपनाहरू

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 968 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादबीच पनि पाथीभरा केबलकार निर्माण अगाडि बढ्ने

    धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 1,095 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनचाँदी बजार ओरालो: लगानीकर्तामा निराशा?

    काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गते) उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन छापावाल सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज एक हजार ९२५ रुपैयाँमा झरेको छ। बुधबार यसले एक हजार ९६० रुपैयाँको दर कायम गरेको थियो। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको माग

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved