स्थानीय

    Showing 1,591-1,600 of 5,049 items.
  • हिरासत कक्ष लागुऔषध कारोबारीले भरिए, एकै दिन ४३ जना पक्राउ

    सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन्, जसमा ३५ जना लागुऔषध मुद्दाका छन्। प्रहरीको सक्रियता बढेसँगै लागुऔषध कारोबारीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो। काँकरभिट्टा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (प्रनाउ) राजन लामा हुनुहुन्छ। यो कार्यालय इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्दछ। यसैगरी इलाका प्रहरी कार्यालय दमकमा एक महिलासहित २३ जना थुनुवा छन्, जसमध्ये १४ जना लागुऔषधसम्बन्धी मुद्दाका रहेको जनाइएको छ। कार्यालयको नेतृत्व प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रमदानमार्फत पक्की सिँचाइ कुलो, दशौं वर्षको समस्या समाधान

    भोजपुर/ दशौँ वर्षदेखि सिँचाइको अभाव झेल्दै आएका भोजपुर नगरपालिका–६ भङ्गेरीवासी अब समयमै खेतमा पानी पुर्‍याउन सक्ने भएका छन्। स्थानीयवासीको श्रमदान, वडाको पहल र सरकारहरूको साझेदारीमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएसँगै, अब खेतीपातीमा सहजता आएको छ। ओडारे–भण्डारे सिँचाइ कुलो रु ५३ लाखको लागतमा निर्माण भएको हो। केन्द्र, प्रदेश, स्वीस सरकार र स्थानीय सरकारको साझेदारीमा प्राप्त बजेट र स्थानीयको श्रमदानबाट ९२३ मिटर लामो पक्की कुलो निर्माण गरिएको वडा अध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए। “यहाँका किसानलाई कुलो नहुँदा निकै सास्ती थियो,” उनले भने, “हामीले प

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात बन्दले जनजीवन प्रभावित, सरकार र व्यवसायीबीच वार्ता सुरु

    काठमाडौं/ ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि जनजीवन प्रभावित बनेको छ। विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरूलाई यात्रा गर्न कठिन भएको छ। यातायात बन्दसँगै राजधानीका मुख्य सडकहरूमा सार्वजनिक सवारी नदेखिँदा सर्वसाधारण पैदलै गन्तव्यतर्फ हिँड्न बाध्य भएका छन्। वैकल्पिक सवारीको अभावमा थप समस्या उत्पन्न भएको छ। यातायात व्यवसायीहरूले सरकार र ट्राफिक प्रशासनबाट आफूहरूमाथि दमन र ज्यादती भइरहेको आरोप लगाउँदै आन्दोलन स

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात व्यवसायीको घोषणा: भोलिदेखि सवारी साधन थन्क्याउँदै सेवा ठप्प

    काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको निर्णयप्रति विरोध जनाउँदै भोलिदेखि सवारी सेवा ठप्प पार्ने घोषणा गरेका छन्। गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा नीजि सवारी साधनलाई यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीहरूले जेठ १९ गतेदेखि गाडी ग्यारेज वा घरमा थन्क्याउने निर्णय गरेका हुन्। नेपालका सातवटा यातायात संगठन—सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मज

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 880 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाडौंमा राजावादीको प्रदर्शन, कमल थापा पक्राउ – लिङ्देनको आपत्ति

    काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइतबार भएको राजावादी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेताहरूलाई पक्राउ गरेको छ। बालुवाटारतर्फ जुलुससहित अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापाले पक्राउअघि "भ्रष्ट सरकार मुर्दावाद" भन्दै नारा लगाएका थिए। उनी पक्राउ परेपछि प्रदर्शनमा सहभागी राजावादी समूह आक्रोशित बनेका छन् र तत्काल थापालाई रिहा गर्न माग गरेका छन्। प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका छन्। उनले सरकारले धरपकडको नीति अपना

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साकेला उभौलीको भव्य समापनमा हर्क साङपाङको घोषणा : “राजा फर्काउने हो भने यालम्बर फर्काऔं”

    धरान/  किरात राई समुदायको महान पर्व साकेला उभौलीको भव्य समापन समारोह धरान १७ स्थित साकेला पार्कमा सम्पन्न भएको छ। सुनसरी जिल्ला किरात राई यायोक्खाद्वारा आयोजित कार्यक्रममा सांस्कृतिक उत्सवसँगै राजनीतिक मन्तव्यहरू पनि गुञ्जिए। कार्यक्रमका प्रमुख वक्ता धरानका मेयर हर्कराज राई (हर्क साङपाङ) ले गणतन्त्रको बलियो पक्षमा उभिँदै पछिल्लो समय उठिरहेको राजतन्त्र पुनर्स्थापनाको बहसलाई चर्को प्रतिवाद गरे। उनले भने, “यदि यो देशमा राजतन्त्र फर्काउने हो भने किरातीहरूले पनि आफ्नो राजा यालम्बर फर्काउनुपर्छ।” मेयर साङपाङले गणतन्त्रलाई सबै नागरिकलाई बराबरी अवसर दिने व्यवस्था भन्दै समर्थन

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्ला नगरि काम गर्ने लायन्स क्लव लायन्स वाटिका निर्माण गरि हस्तातरण गरे

    धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारालाई आत्मसात गर्दै विगत २८ वर्षदेखि धरानमा सामाजिक कार्य गर्दै आएका लायन्स क्लबहरूले एक नयाँ नमूना प्रस्तुत गरेका छन्। धरान–१४ स्थित पिण्डेश्वर मन्दिर अगाडि रहेको खाली र अव्यवस्थित जग्गामा अहिले एक सुन्दर ‘लायन्स वाटिका’ निर्माण गरिएको छ। करीब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त वाटिकाको उद्घाटन बुधबार एक समारोहबीच सम्पन्न भएको हो। धरानभर क्रियाशील २० वटा लायन्स क्लबहरूको संयुक्त लगानीमा निर्माण गरिएको पार्कको उद्घाटन इन्टरनेशनल लायन्स ३२५ सी डिष्ट्रिक्ट गर्भनर विकास अधिकारी, पूर्व डिष्ट्रिक्ट गर्भनर ध

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागू औषधसहित तीन युवा पक्राउ

    ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषधसहित तीन जना युवक पक्राउ परेका छन्। शुक्रबार दिउँसो ५ बजे सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वतर्फ जाँदै गरेको एक समूहलाई शंका लागेर चेकजाँच गर्दा लागू औषधसहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राई रहेका छन्। गोप्य सूचनाका आधारमा चेकजाँच गरिएको क्रममा मनोज परियार र मनिष राईको साथबाट प्लास्टिकमा पोको पारिएको खैरो हिरोइन जस्तो देखिने लागू औषध ४.८२ ग्राम (प्लास्टिक बाहेक शुद्ध तौल ३.३७

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 2,050 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको बाढीग्रस्त सडक निरीक्षणमा मन्त्री भण्डारी, आज साँझदेखि एकतर्फी आवागमन खुल्ने

    विराटनगर/  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले धनकुटाको बाढीले क्षति पुर्‍याएको सडक क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। शनिबार प्रदेश सरकारको तर्फबाट निरीक्षणमा पुगेका मन्त्री भण्डारीले स्थानीय प्रशासन र सरोकारवालासँग समन्वय गरी सडक खुलाउने पहल गरेका हुन्। उनका अनुसार आज साँझबाट धरान–धनकुटा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आउनेछ। बिहान बाढीले धनकुटाको मूलघाट नजिकै करिब ३० मिटर सडक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। मन्त्री भण्डारीले वर्षा र बाढीको समय सुरु भइसकेकाले सबैलाई सतर्क रहन आग्रह गरेका छन्। साथै, विपद् व्यवस्थापनका लागि कोशी

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनसुनको पहिलो दिनै धनकुटामा बाढीको कहर, कोशी लोकमार्गको ३० मिटर सडक बगायो

    सुनसरी/ यस वर्षको मनसुन सुरु भएको पहिलो दिन शुक्रबार रातिको भीषण वर्षापछि धनकुटाको लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको करिब ३० मिटर सडक कटान गरेको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका–६ फेदीमा कालोपत्रे सडक कटान गरी खोलाले बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। धनकुटा प्रहरीले दिएको जानकारीअनुसार, एसपी शरदकुमार थापा क्षेत्रीले भने, “रातिको झरीले खोलामा बाढी आयो, जसले २५–३० मिटर सडक भत्काएको छ। यसले आज बिहानैदेखि कोशी लोकमार्ग बन्द भएको छ।” धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने सडकसमेत अवरुद्ध बाढीले धनकुटामा अरु दुई ठ

    • प्रकाशित मितिः जेठ १७, २०८२
    • 1,129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved