गोपाल श्रेष्ठ भारी मतान्तरले सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित

  • असार ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा गोपाल श्रेष्ठ भारी मतान्तरसहित अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

श्रेष्ठले आफ्ना प्रतिस्पर्धी शिवराज श्रेष्ठलाई ९५८ मतले पछि पार्दै १६०५ मत प्राप्त गर्नुभयो। शिवराज श्रेष्ठ ६४७ मतमा सीमित रहनुभयो।

उद्योग सदस्य पदमा कृष्णप्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी हुनुभयो। त्यस्तै, उमेश अग्रवालले २१३, खड्गबहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गर्दै पराजित हुनुपर्‍यो।

वाणिज्यतर्फ महिला सदस्यमा वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै ममता शाक्यलाई पराजित गर्नुभयो। शाक्यले ४५३ मत पाउनु भएको थियो।

एसोसिएट सदस्यतर्फ ललित अग्रवालले ११७ मत ल्याउँदै विजयी हुनुभयो। यस्तै, राजु साहले ८५ र राजेश अग्रवालले ८० मत ल्याएर पनि सफल हुनुभयो। अन्य उम्मेदवार अशोक जैनले ६२ र मनिष अग्रवालले ५९ मत प्राप्त गर्नुभयो।

उद्योग महिला सदस्यमा मिना राई (मगर) र बस्तुगत सदस्य पदमा नवीन कुमार तामाङ तथा नारायण लिम्बू निर्विरोध निर्वाचित हुनुभएको हो।

निर्वाचनमा विजय हासिल गरेपछि अध्यक्ष श्रेष्ठले मतदाताप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “यो जित सम्पूर्ण उद्योगी, व्यवसायीहरूको विश्वासको परिणाम हो। म सबैको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र शर्माले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सबै पक्षको सहयोगका कारण निष्पक्ष र व्यवस्थित ढंगले निर्वाचन सम्पन्न गर्न सफल भयौं।”

यसैगरी, संघका अध्यक्ष विजय श्रेष्ठले निर्वाचन सफल बनाउन सहयोग पुर्‍याउने सुरक्षाकर्मी, मतदाता र सम्पूर्ण व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आशा व्यक्त गर्नुभयो, “नव निर्वाचित नेतृत्वले व्यवसायीहरूका चासो र हितका सवालमा ठोस पहल गर्नेछ।”

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई यहाँको व्यवसायिक समुदायले अत्यधिक महत्वका साथ लिने गर्छ। संघको नेतृत्वमा आउने पदाधिकारीप्रति व्यवसायीहरूका उच्च अपेक्षा रहने गर्छन्।

 go

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved