स्थानीय

    Showing 1,571-1,580 of 3,371 items.
  • वराहक्षेत्रको चतरा बजारमा अनुगमन, म्याद नाघेका सामाग्री नष्ट

    चतरा/  वराहक्षेत्र नगरपालिकाले आइतबार चतरा बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि र वाह्र वर्से पुर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटलहरूलाई ५ हजारसम्म जरिमाना समेत

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ औ बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

    धरान/  न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ।  धरान रंगशालमा शनबिार भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो । एनआरटी १० औ सस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्‍यो १ निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। अफिजले

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागरिक स्तरबाट खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

    धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।, उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

    धरान/  वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइयो

    धरान /अन्तर्राष्ट्रिय गणित तथा पाई दिवसको अवसरमा यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार ‘टक सिरिज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नरेन्द्रप्रसाद लिम्बूले वास्तविक जीवनमा गणितको उपयोग, नरबहादुर तामाङले पाई र जम्बु शेर्पाले गणित शिक्षणमा समस्या र समाधान विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । त्यस क्रममा सहभागी विद्यार्थीहरूका तर्पmबाट केन्द्रीय प्रविधि क्याम्पसमा बीएससी चौथो वर्षका छात्र भुवन पौडेल र बीएड दोस्रो वर्षकी छात्रा विनीता लिम्बूले अनूभुति मन्तव्य राखेका थिए । नेपाल गणित समाजको कोशी प्रदेश समिति र महेन्द्र बहुमुखी क्याम्पसको गणित तथा भूगोल विभागले संयुक्

    • प्रकाशित मितिः चैत २, २०८०
    • 990 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारले आफै जेसिभी सञ्चालन गर्न थाले

    धनकुटा/ गाउँ गाउँमा सडक पुगे पनि बर्षेनी सडक बर्षाद् विगारिदिँदा सडक प्रयोग गर्न सकिने अवस्थामा हुदैनन् । त्यो सडक सफा गरेर सञ्चालन गर्न बर्षदिनमात्र लाग्दैन खर्च पनि बढी लाग्ने गरेको छ । तर धनकुटाका अधिकांश स्थानीय तहले आफैले डोजर खरिद गरेर प्रयोग गर्न थालेपछि भने यो समस्या केही हदसम्म समाधान भएको छ । आर्थिक बर्ष २०७९/०८० मा धनकुटाको सागुरीगढी गाउँपालिकाले पालिकाभित्र रहेका बर्षाद्को समयमा भत्एिका सडक मर्मत गर्न करिब ५० लाख खर्चिनु प¥यो । यति खर्च गर्दा पनि सबै सडक पालिकाले चाहेजस्तो सञ्चालनमा आउन सकेन । तर यो बर्ष अर्थात आर्थिक बर्ष २०८०/०८१ म पालिकाले अघिल्लो बर्षकै हाराहारीका करिब २

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप : पहिलो सेमिफाइनल आज धरान र मोरङबीच प्रतिस्पर्धा हुने

    धरान/ २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो । यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि हिजो भएको खेलमा बिजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतिय

    • प्रकाशित मितिः फागुन ३०, २०८०
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानबारी सतवार्षिक महोत्सव : भलिबलमा धरान सेमिफाइनलमा

    धरान /छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो । प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेप

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानवारी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

    धरान/ पानवारीमा भइरहेको पानवारी शतवार्षिकी महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भइरहेको छ । केएचडिसीको सहयोगमा सञ्चाल भइरहेको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा १ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिएको महोत्सव व्यवस्थापन समितिका संयोजक राजेन्द्र न्यौपानेले बताए । केएचडिसीसँगको सहकार्यमा मुटु रोग, मृगौला रोग तथा मधुमेह सम्बन्धी शिविर चलिरहेको छ । २६ गतेदेखि २ गतेसम्म चल्ने शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिनहुन महोत्सव आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले आह्वान गरेका छन् । शिविरमा प्रेसर, बिएमआइ, मधुमेह, क्रिटिनाइनको जाँच भइरहेको डा. न

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • 428 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङ फुटबल एशोसियसन २४ औ बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

    धरान / आज भएको तेस्रो क्वाटरफाइनल खेलमा पाच पटकको सर्बाधिक बिजेता बिभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्द ३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रबेश गरेको हो ! खेलको ७० औ, ८० औ र दोस्रो हाफको इन्ज्युरी समयमा मोरङ्ले तीन गोल गर्दै अन्तिम चारको स्थान पक्का गरेको हो ! खेलको पहिलो हाफ गोलरहित खेलेपनी ७० औ मिनेटमा मोरङका लागि महेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए ! ८० औ मिनेटमा मोरङले पाएको पेनाल्टिलाई उमेश कार्कीले गोल गरेका थिए ! पुलिसका सन्जिब लामाले मोरङका मौसम लिम्बुलाई पेनाल्टी एरियामा लडाएपछी मोरङ्ले पेनाल्टीको अबसर पाएको थियो ! दोस्रो हाफको इन्जुरी समयमा मोरङका

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 429 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved