स्थानीय

    Showing 1,161-1,170 of 4,925 items.
  • ‘अनुसूची छैन, बजेट छैन’ : मेयरको लापरवाहीले इटहरी नगरसभा भंग — उपमेयर चौधरी

    इटहरी/ इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट समयमै पास हुन नसक्नुमा नगरप्रमुख हेमकर्ण पौडेलकै गैरजिम्मेवार र असंवेदनशील व्यवहार दोषी रहेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्। बिहीबार एमाले इटहरी नगर कमिटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ वटै वडाका अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा यस्तो धारणा सार्वजनिक गरिएको हो। उपमेयर चौधरीले १० असारमै बजेट र कार्यक्रम नगरसभामा पेस गरे पनि मेयर पक्षबाट समयमै छलफल नगरिएकै कारण बजेट शून्यतामा पुगेको बताइन्। “विगतमा अनुसूचीबिनै बजेट खर्च गरेर दुरुपयो

    • प्रकाशित मितिः साउन २, २०८२
    • 576 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा बाँसको झ्याङबाट ३०० केजी गाँजा बरामद

    रामधुनी/ सुनसरीको रामधुनी नगरपालिका–७ स्थित क्वाटर डाँडामा प्रहरीले ३०० किलो लागूऔषध गाँजा बरामद गरेको छ। आज (बिहीबार) दिउँसो विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकली तथा प्रहरी पोष्ट पंचायनको संयुक्त टोलीले बाँसको झ्याङ भित्र कालो प्लास्टिकमा प्याक गरिएको १० वटा पोका फेला पारेका हुन्।  ती पोकामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। गाँजा बेवारिसे अवस्थामा लुकाइ राखिएको थियो। बरामद गरिएको लागूऔषध आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पकलीमा ल्याइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 1,258 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोला किनारबाट ३ सय किलोभन्दा बढी गाँजा बरामद

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारमै १० बोरा गाँजा लुकाइएको अवस्थामा प्रहरीले फेला पारेको छ। बिहीबार बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो। प्रहरी इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा चलाएको अपरेसनमा ३ सय २३ किलो ३ सय ग्राम गाँजा फेला पारेको हो। गाँजा खोलाको किनारमा बेवारिसे अवस्थामा प्लास्टिकका १० बोरा भित्र राखिएको थियो। मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार गाँजा तस्करीका लागि तयारी अवस्थामा भण्डारण गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको

    • प्रकाशित मितिः साउन १, २०८२
    • 744 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागूऔषधसहित दुई युवा पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–१७ स्थित साकेला थान आसपास लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। बुधबार बिहान  अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगरलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनीहरूको साथबाट ७६० क्याप्सुल ट्रामाडोल र ८०० ट्याब्लेट डिकोलिक बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 1,342 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साउन १, तारा सुब्बा सातौं स्मृति दिवस कमरेड तारा सुब्बालाई सम्झिँदा

    त्यो ऐतिहासिक क्षण: गणतन्त्रपछि २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा असार २६ गते राती १० वजेर ५० मिनटमा तारा सुब्बा धरानको मेयर हुनुभएको परिणाम घोषणा गरिएको थियो । मेयर घोषणा भएको ३ सय ७२ दिन २०७५ साउन १ गते काठमाण्डौंको ग्राण्डी अस्पतालका चिकित्सकहरुले उनै तारा सुब्बालाई मृत घोषणा गरिदिए । विकासप्रेमी नेताका रुपमा धराने जनताले मायां र विस्वास गरेका तारा सुब्बालाई प्रतिद्धन्द्धी भन्दा ४ हजार ८ सय ५५ बढी २० हजार ९ सय ७५ लोकप्रियमत दिएर विजयी गरेका थिए । फूलमाला, अविर र नारा सहित बधाई दिएर मेयरको कुर्सीमा स्वागत गरेका धराने जनताले एकवर्षपछि उसैगरी फूलमाला लिएरै सडकमा लामब

    • प्रकाशित मितिः साउन १, २०८२
    • 529 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विरामी रोशनलाई खाद्यान्न सहयोग,झुपडीमा रोगसंग लड्दै रोशन

    धरान ।धरान ८ अरुणटोलस्थित सुकुम्बासी बस्तीका बिरामी रोशन राईको परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धरान १३ स्थित पुनर्जीवनकेन्द्रमा कार्यरत अनिष गुरुङले करिव आठ हजार बराबरको खाद्यान्न सामग्री राईको निवासकै पुगेर हस्तान्तरण गर्नुभएको हो ।दुइ बोरा चामल, ७ किलो दाल, दुइ किलो चिनी, दश लिटर खानेतेल, ५ किलो नुन,एककिलो हरियो मटर र ३ बण्डल बिस्कुट रोशन राईकी श्रीमति शान्ति तामाङलाई हस्तान्तरण गर्नुभएको हो । मजदुर नेता भीमज्वाला राईले बस्तीको कथा शिर्षकमा राईको अवस्था बारे समाचार स्टाटस फेसबुकमा हाल्नुभएपछि आफुले भीमज्वाला राईलाई फोन गरेर सहयोग गर्ने इच्छा व्यक्त गरेको सहयोगी युवा अनिष गुरुङल

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा स्कुटरको ठक्करबाट घाइते वृद्धको मृत्यु

    झापा/  झापाको दमकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मंगलबार राति उपचारका क्रममा निधन भएको हो। श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० स्थित जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते श्रेष्ठलाई तत्काल दमकस्थित निम्स अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारको निर्णयमा उनलाई पुनः घर फर्काइएको थियो। तर, स्वास्थ्य अवस्था झन् जटिल भएपछि पुनः दमक अस्पताल भर्ना गरिएको थियो। दमक अस्पतालमै मंगलबार राति ८:५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 346 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङमा पेस्तोलसहित दुई युवा पक्राउ, एक फरार

    विराटनगर/ मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना युवा पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्। बुधबार बिहान करिब ६ बजेतिर स्थानीय दिनेश मण्डलको घरमा लुकाइ राखिएको अवस्थामा हतियार बरामद गरिएको हो। प्रहरीले घटनास्थलबाट ‘मेड इन जापान’ लेखिएको एक थान पेस्तोल, एक थान खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ। हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। उनीहरूकै साथबाट नम्बर मेटाइएको एउटा होन्डा मोटरसाइकलसमेत बरामद भएको प्रहरी

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सञ्चारकर्मी असुरक्षित भएकोप्रति सरोकारवाला पक्षको चिन्ता

    धरान/  धरानका सञ्चारकर्मीहरु स्थानीय सरकारबाटै असुरक्षित भएकोप्रति सरोकारवाला पक्षले सर्वत्र चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल सुनसरीले क्यान्लेन्डर सार्वजनिक तथा अक्षय कोष निर्माणको घोषणाका क्रमम यस्तो बताएका हुन् ।पछिल्लो समय धरानमा स्थानीय सरकारबाटै सञ्चारकर्मीहरु असुरक्षित भएसँगै सरोकारवाला पक्षहरुको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस चौतारी सुनसरीले प्रकाशित गरेको क्यालेन्डर सार्वजनिक तथा ‘प्रेस नेपाल सुनसरी अक्षय कोष’ निर्माणको घोषण कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा सरोकारवालाहरुले यस्तो बताएका हुन् । कर्यक्रममा बोल्दै कोशी प्रदेश सांसद विजय राईले आफ्न

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकी इचिङ्सा ‘मेरो डान्स युनिभर्स’को उत्कृष्ट १० मा भाेटकाे अपिल गर्दै

    धरान/धरानकी उदयीमान नृत्य कलाकार इचिङ्सा लिम्बु मेरो डान्स युनिभर्स नामक अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको उत्कृष्ट १० मा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिँदै उनी उत्कृष्ट १० मा प्रवेश गर्न सफल भएकी हुन्। हाल उनी प्रतियोगिताको भोटिङ चरणमा प्रवेश गरिसकेकी छन्। झापाको बिर्तामोडमा सम्पन्न अडिसनबाट छानिएर ‘मेरो डान्स युनिभर्स’को यात्रामा अगाडि बढेकी इचिङ्साले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्दै आएकी छन्। उत्कृष्ट १३ बाट सुरु भएको भोटिङ प्रक्रियामा उल्लेखनीय मत प्राप्त गर्दै उनी अहिले उत्कृष्ट १० मा पुगेकी हुन्। उक्त

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 1,499 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved