मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट
धरान / धरानमा आजबाट आयोजना हुन लागेको प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गर्ने भएका छन् । आयोजक फ्लोरीकल्चर एसोसिएसन सुनसरीले मंगलबार दिएको जानकारी अनुसार मेलाको तयारी पूरा भएको र उद्घाटन मन्त्री सिटौलाले गर्ने जानकारी गराएका हुन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरीका सचिव राजेश राईका अनुसार सबै तयारी पुरा भएको बताए । उनले भने–‘तयारी पूरा भएको छ, दुई वर्ष कोरोना कहरका कारण गर्न नसकिएको मेला यस वर्ष भव्य तरिकाले गर्ने योजनामा हामी छौं ।’ महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खे
दुहबी / दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए । उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताए
धरान / धरान–१६ स्थित युएन, नवोदय कलेजले ‘ट्यालेन्ट शो’ मा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरेको छ ।कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । नृत्यतर्फ एकल र समूहगत प्रतियोगिता आयोजना भएको थियो । गायनतर्फ बिबिएस प्रथम वर्षका संगम तामाङ, कक्षा–११ का महिम राई, अर्जुन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्न सफल बनेका थिए । यस्तै, रयापतर्फ कक्षा–११ का हुकुम बाँस्कोटा प्रथम बनेका छन् । यस्तै, एकल नृत्यतर्फ कक्षा–११ की तिर्सना करला, बिएचएमकी अञ्जु तामाङ, ज्योति लिम्बू क्रमशः प्रथम, द्विती
झापा / फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना स
मोरङ / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ । मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सन्फ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्
धरान \ सरकारी स्तरबाट निजीक्षेत्रको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा निजी क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ–आफ्नै ढङ्गले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नयाँ नयाँ कार्यक्रम अगाडि सार्ने गरेका छन् ।यसै क्रममा धरान २० मा सञ्चालित सेछ एडभेन्चरले ‘सेछ एडभेन्चर फेस्टिबल’को आयोजना गर्ने भएको छ । कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी
विराटनगर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोरङको विराटनगरमा विहीबारदेखि सिएनआई कोशी एक्सो शुरु भएको छ । एक्सोको एक कार्यक्रमका बीच एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ । प्रदेश राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्र
मोरङ / नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ को उद्घाटन नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा हुन लागेको एक्सोमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ । ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्ला
विजयपुर / कोभिड महामारीका कारण ३ वर्षदेखि स्थगित रहेको प्रदेश स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला धरानमा आयोजना हुने भएको छ । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आगामी माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने पाचौँ प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो । फ्लोरिकल्चर एशोशियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दै मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल रा