बाल प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता

  • फागुन ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/वडास्तरबाट बालबालिकाको क्षमता विकासका लागि वडा बाल सञ्जाल गठन गरिएको छ । सोही अनुरुप ती बालसञ्जालले विविध कार्यक्रम गर्दै आएको छ ।

2222 777

शारदा बालिकाको ज्योतिपुञ्ज बाल क्लब र वडाबाल सञ्जाल धरान १६ को संयुक्त आयोजनामा बुधबार बालिका स्टार सिजन थ्रीको आयोजना गरेको छ । प्रतियोगितामा जेनिथ इङ्लिस बोर्डिङ स्कुल र चन्द्र संस्कृत माविका विद्यार्थीले २–२ प्रतिस्पर्धामा प्रथम स्थान प्राप्त गरेका छन् । शारदा बालिका मावि, सिद्धार्थ स्कुल र पूर्वाञ्चल बाहिरा विद्यालयले १–१ प्रतिस्पर्धामा प्रथम भए ।

शारदा बालिका नमूना माविको परिसरमा आयोजना भएको सो प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकको प्रतिभाको प्रस्फुटन गराई उनीहरुको क्षमता विकास गर्ने रहेको बताइएको छ । सो अवसरमा बालिबालकाको क्षमतालाई हेरी विभिन्न प्रतियोगिताहरु गरिएको थियो ।

9999

जस अन्तर्गत विज्ञान सामग्री प्रदर्शनीमा जेनिथ स्कुलका स्वाभिमान जवेगुको समूह प्रथम, फुङनुमा लिम्बुको समूह दोस्रो र मनिक राईको समूह तृतीय भए । चित्रकला प्रतियोगितामा जेनिथ स्कुलकी मोनिका तामाङ प्रथम, शारदा बालिका माविकी सुशीला लिम्बु दोस्रो र जेनिथका प्रिन्स विक तेस्रो भए । कविता प्रतियोगितामा शारदा बालिका माविकी रेनुका राई प्रथम, जेनिथकी फुङनुमा लिम्बु र चन्द्र संस्कृत मा.वि.का ऋषिराज गौतम क्रमशः दोस्रो र तेस्रो भए ।

888

प्रावि तहको हस्तलेखनमा पूर्वाञ्चल बहिरा विद्यालयकी साथिया मगर प्रथम, जेनिथकी लक्ष्मी विष्ट दोस्रो र बालिकाकी श्रेया राई तेस्रो भए । एकल नाटक प्रतियोगितामा चन्द्र संस्कृत स्कुलका सुमन पराजुली प्रथम, बालिका स्कुलकी अनुष्का राई दोस्रो र जेनिथकी सृजना परियार तेस्रो भइन् ।

एकल नृत्य प्रतियोगितामा सिद्धार्थ स्कुलकी सारा लिम्बु प्रथम, सियोन स्कुलकी माङसेमि लिम्बु दोस्रो र जेनिथकी अनिसा तामाङ तेस्रो भइन् । एकल गायनमा चन्द्र संस्कृतका सोनु माझी प्रथम, सियोन स्कुलकी सलिना राई दोस्रो, बालिका स्कुलकी सोनिया मुर्मु तेस्रो भइन् ।

111

वडाबाल सञ्जाल क्लबका उपाध्यक्ष अनुशा महतराको अध्यक्षतामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शम्भु पाण्डे, धरान १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले सो अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved