धरान । इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम पर्यटकको लागि आकर्षक गन्तव्य स्थल त छँदैछ यो सँगै कन्यामले अर्को परिचय बनाएको छ । घुम्न जानेहरुका लागि कन्याम पछिल्लो समय टिकटक बनाउने स्थलको रुपमा परिचित बन्दै गएको छ । झापाको विर्ताबोडबाट ४७ दशमलब २ किलोमिटरको दूरीमा पुग्न सकिने कन्याममा विभिन्न प्रकारका पहिरन लगाएर टिकटक बनाउनेको घुइचो लाग्ने गरेको हो । इनरुवा नगरपालिका घर भएकी सेविका खनाल इलामको कन्याम अत्यन्तै रमणीय स्थल भएको सुनाउछिन् । पेशाले नर्स समेत रहेकी उनले इलाम पुग्दा साथीभाईसँग टिकटक बनाइरहन मन लाग्ने बताइन् । उनले भनिन्–‘स्वर्गको परीजस्तो देखिने यो स्थानमा गएपछि जो क
माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् भ्यालेन्टाइन डे सोमबार विश्वभर मनाइदैन । चिसो मौसमले अझ साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन आउँदा धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन् । कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ । प्रेमी जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो । भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उप
धरान । गरिमा डान्स सेन्टर धरानले सरस्वती पुजाको अवसरमा आईतबार खुला बाल एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । धरान ९ आचार्य लाईन स्थीत डान्स सेन्टरमा सम्पन्न प्रतियोगिताको सिनियर गु्रप तर्फको प्रथम बरदान तामाङ, दोस्रो कृष्टिना राई र तेस्रो गौरव श्रेष्ठ भएका छन् । यसैगरी जुनियर गु्रप तर्फका प्रथम प्रिया राई, दोस्रो खिम्दुङ्मा राई र तेस्रो ओजस्वी निरौला भएका छन् । दुबै गु्रपका प्रथम, दोस्रो र तेस्रोलाई गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले पुरस्कार तथा प्रमाण पत्र बितरण गरेका छन् । यसैगरी प्रतियोगिताको १६ जना प्रतियोगिहरु लाई पनि प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियो
धरान/ धरानबाट पानवारी जाँदै गर्दा यस्तो स्थान आउँछ, जहाँ एक पटक टक्क अडिन मन लाग्छ अनि गोजीबाट मोवाइल झिकेर खिचिक्क फोटो खिच्न मन लागि हाल्छ ।यो स्थानले सवैको मन लोभ्याउँछ र एक छिन अडिएर त्यहाँको हरियाली दृष्यलाई पनि कैद गर्न मन लागि हाल्छ । अनि फोटो फेसवुकमा पोष्ट्याउन हतारो हुन्छ । जुन रोड जंगल वारपार गर्ने त्यहीँ रोड धरानकै भाइरल रोड रातारात वन्दैछ । मनै लोभ्याउने र सुन्दर, शान्त, हरियाली वातावरणले साँच्चै स्वर्गीय अनुभुति दिलाउँछ । वच्चाहास्े, युवा–युवती, वृद्ध–वृद्धा जो कोहीको मनै लाभ्याउँछ । धरान १५ स्थित रम फ्याक्ट्रीदेखि जंगल झिर्ने वितिकै उक्त सडकमा पुगिन्छ । धरान&nd
धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ
धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् । खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए । उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फर
धरान/ धरानका उदीयमान गायक विजय वाम्बुले राईको स्वर रहेको ‘किराती हामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।किराती संस्कारमा आधारित रहेर तयार गरिएको म्युजिक भिडियोको बुधबार एक कार्यक्रम बिच चर्चित गायक डिल्ली फोम्बोले सार्वजनिक गरेका हुन् । साकेला सिलिमा गाइएको ‘किराती हामी’ गितले किरातीहरुको संस्कृतिलाई जोगाउन टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेको गायक फोम्बेले बताए । कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लगायतको उपस्थितिमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।भिडियोको एरेन्ज पावल चाम्लिङले गरेका छन्
सुनसरी/ मेलिना राईको स्वरमा रहेको ‘संगै वाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाको शब्द रचना र नविन कार्कीकोे संगीत रहेको गीतमा सुमन केसीले एरेन्ज गरेका छन् । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा फोटोपत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय रहेको छ । रेजिना तुलाधरको पहिलो निर्देशनमा रहेको भिडियोमा नविन वावु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । सिजन इन्टरटेन्मेनद्वारा निर्माण गरिएको भिडियोलाई सिजन टिभि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
झापा/ नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रति
धरान/ लामो समयको अन्तरालमा संगीतको क्रेजी शहरको रुपमा परिचित धरानमा आज साँझ “टुबोर्ग मेगा लाइभ कन्सर्ट” को आयोजना हुँदैछ । चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्ड संगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको प्रस्तुति रहनेछ । रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांङ सँगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मा लगायतका अन्य ब्याण्ड सदस्यहरु “टुबोर्ग मेगा लाइभ कन्सर्ट”का लागि धरान आइसकेका छन् । बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामांङगको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनता