जताततै दयाहाङ : ‘बरिष्ठ बलराम’मा पनि जोडिए

  • भदौ १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ यतिबेला करिअरको उचाइँमा छन्, दयाहाङ राई ।

अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ र यस वर्ष ‘जारी’को सफलताले उनलाई नेपाली फिल्मकै सबैभन्दा ठूलो स्टारको रुपमा उभ्याएको छ ।

र, उनको नाम र अनुहारले नै फिल्म बिक्छ भन्ने विश्वास मेकरहरुमा देखिएको छ । यसैले अहिले उनलाई फिल्म अफरको बाढी नै छ । उनले पनि हप्ता–हप्तामै नयाँ फिल्म सम्झौता गरिरहेका छन् ।

केही दिनअघि मात्रै दयाहाङले फिल्म ‘रङ्गेली ग्याङस्टर’ सम्झौता गरेका थिए ।

यसलगत्तै उनी नयाँ फिल्म ‘बरिष्ठ बलराम’मा पनि जोडिएका छन् । उनले एक हप्ताअघि फिल्म सम्झौता गरेर साइनिङ अमाउन्ट पनि बुझिसकेका छन् ।

दयाहाङले यो फिल्मलाई आगामी मंसिर महिनाको समय दिएको जानकारी प्राप्त छ । त्यसअघि उनले कम्तिमा तीनवटा फिल्मको छायांकन पूरा गर्नेछन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘बरिष्ठ बलराम’मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङको पनि अभिनय रहनेछ ।

दिव्याले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।

अहिले अमेरिकामा रहेकी उनी यो फिल्मका लागि चाँडै नेपाल आउँदैछिन् । उनले १० लाख लिएर फिल्म गर्न लागेकी हुन् ।

रोहित अधिकारीले ‘बरिष्ठ बलराम’को निर्माण गर्नेछन् । यसअघि दुईवटा फिल्म ‘गाजलु’ र ‘छ माया छपक्कै’को निर्माण गरिसकेका उनी यसै वर्ष अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘फर्की फर्की’ पनि निर्माणको तयारीमा छन् ।

सम्भवतः आगामी दशैंपछि यो फिल्मको छायांकन हुनसक्छ । अर्को नयाँ फिल्मका लागि रोहितको दीपकराज गिरी समुहसँग सहकार्यको प्रयास भैरहेको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved