धरान/ विश्व संगीत दिवसको अवसरमा शनिबार धरानको भानुचोकमा बिविध कार्यक्रमको आयोजना गरी संगीत दिवस उत्साहपूर्वक मनाइएको छ। धरान संगीत प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धरानको साहित्य, गीत र संगीतको उन्नयनका लागि प्रदेश सरकारको निरन्तर साथ रहने बताए। ‘धरानको कला, साहित्य र संगीत प्रदेशको गौरव हो, आगामी दिनमा यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ,’ मन्त्री राईले भने। उनले प्रतिष्ठानको भवन निर्माणका लागि समयमै प्रस्ताव आए आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर सहयोग गर्ने प्रतिबद्धत
धरान/ गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको लिम्बु पालाम ‘खाम्बेक फूङ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। धरान–९ स्थित एचके मेलोडी क्लबमा आयोजित कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले भिडियो विमोचन गरे। प्रमुख अतिथि मेन्याङ्बोले लिम्बु समुदायको मौलिक संस्कृति, धान नाच र पालाम गीतको संरक्षण र प्रवर्द्धनमा भिडियोले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। उक्त भिडियो गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको निर्देशन, म्युजिक मिडिया धरानका संचालक विजय श्रेष्ठको संगीत संयोजन र भिजुअल फिल्म स्
धरान/फक्ताङ्लुङ मिडिया हाउस प्रालिको आयोजनामा शुक्रबार सम्पन्न ‘एसईई आइडल’को पाँचौँ संस्करणमा तीन विधामा उत्कृष्ट प्रतिभाहरूले उपाधि चुमेका छन् । धरानमा आयोजना गरिएको प्रतियोगितामा सिङ्गिङ (गायन) मा खिना राना मगर, डान्सिङ (नृत्य) मा रोहन दर्नाल र वक्तृत्वकलामा मिसु प्रधान विजेता घोषित भएका हुन् । विजेताहरूले नगद पुरस्कारसँगै कक्षा ११ र १२ सम्मको निःशुल्क छात्रवृत्ति, सिक्किम वा मुस्ताङ भ्रमण र बारिस्टा तालिम जस्ता अवसर प्राप्त गरेका छन् । गायन र नृत्यतर्फका विजेताहरूले जनही ५० हजार रुपैयाँ नगद र वक्तृत्वतर्फका विजेताले ६० हजार रुपैयाँ नगद प्राप्त गरे । २०७५ सालदेखि सुरु भएको सो
सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले असार ६ गते शुक्रबार हुने भएको छ । ‘शिक्षाका लागि संगीत’ भन्ने नाराका साथ आयोजना हुँदै आएको प्रतियोगिताको फिनाले धरान–१५ स्थित चुम्लुङ्ग हिममा बिहान ११ बजेबाट सुरु हुनेछ । फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा एफटीएल अनलाइन टिभी र फक्ताङलुङ खबर डटकमको प्रस्तुतीमा सञ्चालन भइरहेको प्रतियोगिता कोशी प्रदेशस्तरीय हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा खोजी गरी भविष्यमा शिक्षासँग जोड्ने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसपटक प्रदेशभरिका १४ जिल्लाबाट सुरुवाती चरणमा ७०५ जना विद्यार्थी सहभागी भएका थ
धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्रिय नृत्य रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट १८ प्रतिस्पर्धीमा स्थान बनाउन सफल भएकी छन्। सोमबार सम्पन्न डुएट राउन्डमा दमदार प्रस्तुति दिँदै उनले निर्णायकहरूबाट ५४८ अंक प्राप्त गरिन्। उक्त अंकका साथ उनी अगामी चरणमा पुग्ने १८ प्रतिस्पर्धीको सूचीमा अटाउन सफल भइन्। लिम्बु झापाको विर्तामोडमा सम्पन्न अडिसन चरणमार्फत प्रतियोगितामा छानिएकी थिइन्। अडिसनपछि उनले मेगा अडिसन, कोरियोग्राफी राउन्ड, बेस्ट फुटवर्क र डुएट राउन्डसहित पाँच चरण पार गरिसकेकी छन्।कार्यक्रमको ढाँचाअनुसार हरेक चरणमा प्रतिस्पर्धीहरूको कला, भाव, समन
धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो । उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी ।
धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्त
धरान/ युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले
धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। २०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन
धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल