वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं १ र वडा नं ५ भिड्ने भएका छन् । मङलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा वडा नं.५ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो । वडा नं ५ ले वडा नं ७ लाई टाइब्रेकरमा ६ गोलको विरुद्ध पाँच गोलले अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल बनेको थियो । वराहक्षेत्र ७ देबिघाट स्थित बसन्तऋतृ माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल हुन नसके पछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ५ का
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत वडा नं १ फाइनलमा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ३ लाई शून्यका विरुद्ध तिन गोलको अन्तरले पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं १ का लागि पहिलो हापको थपिएको अतिरिक्त समयमा प्रसान्त राई, छेमेहाङ राई र दोस्रो हापको ३० औ मिनेटमा पुनः छेमेहाङ्ग राईले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं १ का छेमेहाङ्ग राई म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थि
धरान/ डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ । प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक डिपो स्कुलले जानकारी गराए । प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रपितयोगिताका विजेता टिमले नगद १५
धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो । धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो । कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो । पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् । धरानमा र
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मङलबार वडा नं ६ र वडा नं ९ बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल खेल पछि दुवै टिमले १–१ अङ्क बाँडेका थिए । तिन खेलमा एक खेलमा पराजित र दुई खेल वरावरी खेलेको वडा नं ६ ले प्रतियोगितामा २ अंङ्क जोडेको छ । त्यस्तै लगातार तिन खेलमा दुई खेलमा जित र एक खेलमा वरावरी खेलेको वडा नं ९ ले प्रतियोगितामा ७ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ९ का क्याप्टेन संन्तोष श्रेष्ठ म्यान अफ द म्याच
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा वडा नं ९ बिजयी भएको छ । वडा नं ९ ले वडा नं ४ लाई शुन्यका बिरुद्ब ६ गोलको अन्तरले पराजित गरेको थियो । दुई खेलमा लगातार जित निकाल्लेको वडा नं ९ ले प्रतियोगितामा ६ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा पराजित बनेको वडा नं ४ ले अङ्क जोड्न सकेको छैन । खेलमा उत्कृष्ट प्रदशन गर्दै दुई गोल गरेका वडा नं ९ का सुरेशकुमार लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै आइतबारनै भएको दोस्रो खेल
विराटनगर/ मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जसमा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए । झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए । ७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवादद
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ६ र वडा नं ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल भए पछि दुबै टिमले १–१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नं ६ ले १ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा एउटा खेलमा जित र एउटा खेलमा वराबरी खेलेको वडा नं ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ६ का गोल रक्षक आयुव बजगाई म्यान अफ द म्याच घोषित
धरान/ मिराकल बास्केटवल क्लवको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ । धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सनिवार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, विर्तामोड र तरहरावाट बास्केटवल टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रपीm, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्न