सबै भन्दा धेरै धावकहरु सहभागि हुने धरान १०–के रन शनिबार

  • फागुन ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ देशकै उदाहरणीय बनेको सबै भन्दा धेरै धावकहरु सहभागि हुने गरेको धरान १० के नेवा च्यारिटी रनको १२ औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ ।

धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको आयोजकका संस्थापक सन्तोष राईले बताए ।

शिक्षाको निम्ति दौड नाराको साथ हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरेको उनले बताए ।

धरानको गौरव र पर्यटन, प्रवद्र्धन विकासको अभियानसँग जोडिएको धरान रनको १२ औँ संस्करणमा तीन हजार ६ सय सहभागी हुने धरान रनका अध्यक्ष रमु राईले बताए । स्थानीय धावक धाविकाहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिइनेछ भने ह्विलचियर रेस, र यस पटक जनप्रतिनिधिहरूको लागि बेग्लै दौड पनि हुने आयोजकले जनाएको छ ।

जस्मा २२ जना जनप्रतिनिधिहरूले भाग लिने भएको आयोजकले जनाएको छ ।

सहभागीहरूलाई चिप टाइमिङ सिस्टम प्रयोग गरेर सही दौड समय मापन गर्न ३ हजार चिप खरिद गरेर प्रयोग गरिने पनि धरान रनका अध्यक्ष राईले जानकारी दिए ।

प्रतियोगितामा १६ देखि ३९ वर्ष भित्रका खुल्ला दौड समूहमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष स्पर्धातर्फ क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

यस्तै, १२ वर्ष मुनिको समूह, १२ वर्षदेखि १५ वर्षसम्मका उमेर समूह र ४० वर्ष माथिका भेट्रान उमेर समूहमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुषतर्फ विजेताहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

साथै, ६० वर्ष माथिका धावक धाविकालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष राईले बताउनुभयो ।

सहभागी सबैलाई टिसर्ट उपलब्ध गराउने र दौड पुरा गर्ने सबैलाई प्रमाणपत्र र आकर्षक मेडल दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा अतिथिको रूपमा नायिका तथा मोडेल नीति शाह र गोर्खा बिग्रेड ब्यान्डबाट प्रस्तुति हुने साथै समापन समारोहमा खेलकुद तथा समाजमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान पनि गरिने अध्यक्ष राईले बताए ।

यसपालि हुने धरान १०–के रन खुल्ला दौड प्रतियोगितामा ‘गोर्खा वारियर’ चलचित्रका नायक रितेस चाम्स राई र मोडेल नीति शाह पनि सहभागी हुने भएका छन् ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved