रमेश फोम्वो पाचौ मि. भिजन उपाधि विजेता बिकास चाम्लिङ राई

  • फाल्गुन १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिका स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले चुमेको छ ।

धरान १३ स्थित धरान वेन्क्वेट पार्टि प्यालेसमा शनिवार संपन्न मि. भिजन प्रतियोगिताको फाइनल चरणमा तिन जना प्रतिश्पर्धिलाई पछि पार्दै फोम्वोले उपाधि चुमेका हुन । 

फोम्वो ६० तौल समुहका विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए ।_BTL8043 (1)

 उनले उपाधि संगै नगद पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो उपाधि एनि टाइम फिटनेसका उमेश राई घोषित भए । 

उनि ७५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका थिए । उनले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

 यसै गरि ५५ केजि तौल समुह वाट विजेता हुदै फाइनल चरणमा प्रवेश गरेका धरान व्यामशालाका अनुप लिम्वु तेस्रो र ६५ केजि तौल समुह विजेता वन्दै फाइनल चरणमा प्रवेश गरेका झुनाज फिटनेसका सागर लिम्वु चौथो भए ।

 उनिहरुले क्रमशः जनहि १५ हजार र १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।20240302_183634

       प्रतियोगिताको व्याक्तिगत उपाधि तर्फ वेस्ट पोजर उपाधि एनिटाइम फिटनेसका उमेश राई, 

मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपाली, वेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लवका सन्तोष विश्वकर्मा र वेस्ट टिम उपाधि आयोजक भिजन फिटनेसले जितेका छन ।

 उनिहरुलाई जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।_BTL7890 (1)

 प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजि तौल समुह वाट १८ जना खेलाडिहरुले प्रतिश्पर्धा गरेका थिए । 

भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठको सभाध्यक्षमा संपन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगदरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघा, 

धरान १६ नं वडा अध्यक्ष मुरारि भट्टराई, १ न.वडाध्यक्ष यज्ञमनि आचार्य, १० न. वडाध्यक्ष विवेक राई, नेपाल फोटो पत्रकार महासंघ, सनुसरी अध्यक्ष विकास चाम्लिङ राई, अग्रज पत्रकार महेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा मुख्य निर्णायकको रुपमा हरि धिमाल, कविरभगत प्रधानाङ्ग, इश्वरलाल उदास, नवनित प्रधान र सिता राई श्रेष्ठ रहेको थियो ।

कार्यक्रममा पत्रकारीता मार्फत धरानको खेलकुद विकाशमा योगदान पुर्याए वापत नेपाल फोटो पत्रकार महासंघ सुसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई आयोजक भिजन फिटनसले सम्मान गरेको छ ।

 उनलाई भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठले खदा ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।  

तस्विरः बिशाल थेवे

एसईई स्पिकरको दोस्रो ...

धरान/ कोशी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘ ...

दमकको भ्यू टावर’ तया ...

झापा/ राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापा ...

धन कमाउन हिडेकी धनमा ...

धरान । एक श्रीमान,५ छोरी र २ छोराकी आमा धनमाया विश्वकर् ...

कोशि प्रदेस स्तरीय ...

 धरान/  कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved