धरान/ धरान-१२ स्थित चातरालाइनमा रहेको सुुनाखरी एकेडेमीले कराँते र धरान फाइट नाइटमा उत्कृष्ट प्रदर्शन गरेका आफ्ना विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममार्फत विद्यालयले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। विद्यालयका प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा अध्ययनरत सलिना जोगीलाई काठमाडौँमा वैशाख ११ देखि १३ गतेसम्म सम्पन्न ‘प्रथम शेरबहादुर देउवा कप कराँते प्रतियोगिता–२०८२’ मा तेस्रो स्थान हासिल गरेबापत सम्मान गरिएको हो। त्यसैगरी, कक्षा ८ मा अध्ययनरत नावाङ राईलाई धर
सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई
धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते। फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे। त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले
काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल अपराजित यात्रा जारी राख्दै तेस्रो जित हात पार्न सफल भएको छ। (बुधबार) आज तल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले हङकङलाई ९ विकेटले सहजै पराजित गर्दै बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबदबा जमायो। हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो। ओपनर साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे। सुरुवातमा निरज यादवले २३ रनको योगदान दिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङ ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमै सीमित भयो। हङकङका लागि शिव माथुरले
धरान/खेलकुदको सहर धरानमा वक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले ‘धरान फाइट नाइट २०२५’ प्रतियोगिता हुने भएको छ। नयाँ वर्ष २०८२ वैशाख १२ गते शुक्रबार धरान बक्सिङको आयोजनामा यो राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको हो। धरान बक्सिङका अध्यक्ष दिपक राईका अनुसार प्रतियोगिता पहिलोपटक राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको हो। बुधबार (आज)धरान–१२, चतरालाईनस्थित होटल गोर्खामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रतियोगिता बारे जानकारी गराएका हुन्। प्रतियोगितामा प्रोफेसनल (प्रो) र एमेचर दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश अन्तर्गत धरान, धन
धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ। उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ। आयतर्फ, कोशी प्रद
सुनसरी/ धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल बिहीबार १४ नं. वडा र १५ नं. वडाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि यी दुई टोली आमनेसामने हुने भएका हुन्। मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा १४ नं. वडाले १७ नं. वडालाई ३–२ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै विवाद उत्पन्न भएको थियो। १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै १४ नं. वडाका खेलाडीले खेल्न अस्वीकार गरेपछ
धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने-सामने हुँदैछन्। यसअघि एक पटक गोधुलीको उपाधि जितेको १४ नं. वडा र चार पटक उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ। १७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौँमा रहेका भए पनि अहिलेको युवा टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। २० नं. वडालाई ३–० ले तथा १८ नं. वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ नं. वडाले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। १७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा छन्। उनले २० नं.
धरान / २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइलमा वडा नं. १५, ५, १४ र १७ नं. वडाले स्थान पक्का गरेका छन् ।आइतबार सााँझ धरान १८ नं. वडालाई पराजित गर्दै १७ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातमा नै १८ नं. वडाले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा १८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ । १८ नं. वडाका सलोन याक्खाले खेलको १७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको १८ नं. वडाले दोस्रो हाफमा २ गोल खान पुग्यो ।१७ नं. वडाकालागी खेलको ४९ औं मिनेटमा कृष्ण राईले गोल गरेर खेललाई १&ndash
धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ११ नं.वडालाई पराजित गर्दै ५ नं. वडा सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ ७ बजे धरान रंगशालामा भएको खेलमा ११ नं. वडालाई सहज रुपमा पराजित गर्दै ५ नं. वडाले सेमिफाइनलमा १५ नं. वडासँगको भेट पक्का गरेको छ । सुरुवातदेखि नै ११ नं.वडालाई दबाबमा राखेको ५ नं.वडाले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । मिजास आङबुहाङको फ्रिकिक पासमा डिबक्स भित्र अनमार्क रहेका सृजन मगरले उत्कृष्ट हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा नै ५ नं. वडाले अग्रता दोब्बर बनायो । ११ नं. वडाका डिफेन्सले गोल किपरलाई दिएको पासलाई खोस