बुढासुब्बा कप (यूएई) को दोस्रो संस्करण मे ९ मा हुने

  • वैशाख २३, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दुबई/ मोफसलकै चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्ड कप लाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले धरान युनाइटेड फुटबल क्लब, यूएईले दोस्रो संस्करणको बुढासुब्बा कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

उक्त प्रतियोगिता २०२६ मे ९ का दिन दुबईस्थित वुल्डलेम स्कूलको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।

यूएई नेपाली फुटबल संघ (यूएनएफए) को संयोजनमा सञ्चालन हुने प्रतियोगिता सात–ए–साइड ढाँचामा खेलाइनेछ। प्रतियोगिता नेपाली समुदायमा हालसम्मकै उच्च पुरस्कार राशिसहित आयोजना गर्न लागिएको आयोजक संयोजक स्विकार राई ले जानकारी दिनुभयो।

धरान युनाइटेड फुटबल क्लबले हरेक वर्ष विभिन्न फुटबल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। गत वर्ष सम्पन्न धरान हेल्पिङ ह्याण्ड्स कप २०२५ उच्च पुरस्कार राशिसहित सफलतापूर्वक सम्पन्न भएको थियो। साथै, हालै मात्र भेटेरान्स बुढासुब्बा कप पनि सफलतापूर्वक सम्पन्न गरिएको थियो।

यस प्रतियोगितामा आयोजक धरान युनाइटेड फुटबल क्लबसहित २४ वटा क्लबहरूको सहभागिता रहनेछ, जसमध्ये २२ वटा नेपाली क्लबहरू सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले ५,५५५ दिराम (करिब रु. २,२२,०००) र उपविजेताले ३,००० दिराम (करिब रु। १,२०,०००) पुरस्कार प्राप्त गर्ने जानकारी क्लबका अध्यक्ष तथा यूएई नेपाली फुटबल संघका उपाध्यक्ष ईश्वर श्रेष्ठ ले दिनुभयो।

प्रतियोगितालाई सफल बनाउन प्रभु बैंक, जि.सि.डी. ग्रुप अफ कम्पनीज, कदूश प्रोपर्टिज, माइक्रोफ्याब स्ट्रक्चरल म्यानुफ्याक्चरिङ स्टिल एलएलसी तथा टप रेस्टुरेन्टले प्रायोजन गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved