चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप : वडा नं ३ बिजयी

  • वैशाख १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सोमबार सम्पन्न खेलमा वडा नं. ३ विजयी भएको छ।

वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा गोलको वर्षा भएको खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई शुन्यका बिरुद्ब ५ गोलको अन्तरले पराजित गरेको हो।

जितसँगै पहिलो संस्करणको विजेता समेत रहेको वडा नं. ३ प्रतियोगिताको उत्कृष्ट ६ मा प्रवेश गर्न सफल भएको छ। पराजित वडा नं. ८ भने नकआउट चरणबाटै बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का सुभराज लिम्बु‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताको पहिलो चरण नकआउट र त्यसपछि विजयी टोलीबीच लिग फर्म्याटमा खेलहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

नकआउट चरणअन्तर्गतको अन्तिम खेल मंगलबार वडा नं. ७ र वडा नं. ९ बीच हुनेछ ।

“खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नारासहित सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २५ गतेसम्म जारी रहनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा २०७९ सालदेखि लिग-कमनकआउट ढाँचामा प्रतियोगिताको सुरुवात गरिएको हो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved